‘जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादक तिमिल्सीना रहेनन्


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०८२ मा प्रकाशित




‘जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादक ताराप्रसाद तिमिल्सीनाको निधन भएको छ ।

वि.सं. २००८ साल मंसीर १२ गते पोखरा १६ बाटुलेचौरमा जन्मिएका ७३ बर्षिय तिमिल्सीनाको गएराती आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि प्रोष्टेट क्यान्सरबाट पिडित उनको सोमबार बिहान सेती नदीस्थित तुलसी घाटमा अन्तिम संस्कार गरिएको छ । नेकपा एमालेका सांगठनिक सदस्य समेत रहेका तिमिल्सीनाको पार्थिव शरिरमा एमालेका केन्द्रिय सदस्य कृष्ण थापा र कास्की अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गरेका थिए । उनलाई छोरा पवन तिमिल्सीनाले दागबत्ती दिए ।

यसअघि घरबाट तुलसीघाटसम्म शवयात्रा भएको थियो । बिभिन्न सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रमा क्रियाशिल तिमिल्सीना प्रति बिभिन्न संघ संस्थाका प्रतिनिधी एवं स्थानियले श्रद्धाञ्जली अर्पण गरेका थिए । उनका श्रीमती, १ छोरा र ३ छोरी छन् । स्वर्गीय तिमिल्सीना हिमालय क्लवले प्रकाशन गर्ने ‘जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादकका साथै क्लवका पुर्व अध्यक्ष, शुक्ला साहित्य प्रतिष्ठान, भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चका पुर्व अध्यक्ष,वातावरण क्लवका र विन्ध्यवासिनी क्याम्पसका सल्लाहकार, स्व झलकमान गन्धर्व शालिक निर्माणका अगुवा रही महत्वपुर्ण योगदान पुर्याएका थिए ।

उनको निधनबाट समाजले एक असल अभिभावक गुमाएको समाजसेवी बसन्त तिमिल्सीनाले बताए । तिमिल्सीनाको निधनप्रति हिमालय क्लव, शुक्ला साहित्य प्रतिष्ठान, विन्ध्यवासिनी क्याम्पस, वातावरण क्लव, नेकपा एमाले वडा कमिटी पोखरा १६ लगायतका संघ संस्थाले शोक व्यक्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।