पोखरा महानगरपालिका वडा नं. १५ अलकापुर टोल विकास संस्थाका अध्यक्ष तथा समाजसेवी व्यक्तित्व बेल बहादुर विश्वकर्माले श्री सिद्ध माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरे छन्।
विश्वकर्माले आफ्नो स्वर्गीय बुवाको स्मृतिमा तथा परिवारको सु–स्वास्थ्य, दीर्घायु र सुखमय जीवनको कामना गर्दै रु २५,०२५ (पच्चीस हजार पच्चीस रुपैयाँ) को अक्षयकोष स्थापना गर्नुभएको छन् ।
विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उहाँले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। न्यून आय भएका तथा विपन्न परिवारका बालबालिका अध्ययनरत यस विद्यालयमा अक्षयकोषमार्फत छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरी शिक्षण सिकाइमा सहयोग पुर्याउने उद्देश्य रहेको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश पौडेलले सहयोगदाता बेल बहादुर विश्वकर्मा तथा उहाँका सम्पूर्ण परिवारप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै माता सरस्वतीले सधैं रक्षा गरून्, सु–स्वास्थ्य, दीर्घायु, सुख, शान्ति, उन्नति र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।
पोखरा–१५ स्थित श्री सिद्ध माध्यमिक विद्यालय यस क्षेत्रकै एक मात्र सामुदायिक विद्यालय रहेको र यहाँ अध्ययनरत अधिकांश विद्यार्थी विपन्न परिवारका रहेका कारण विद्यालयको शैक्षिक सुधार, छात्रवृत्ति वितरण तथा शैक्षिक स्तर अभिवृद्धिका लागि अक्षयकोष कार्यक्रम सञ्चालन भइरहेको जानकारी विद्यालय व्यवस्थापन समिति अध्यक्ष पौडेलले बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष पौडेलले सहयोगदाता प्रति विशेष धन्यवाद ज्ञापन गर्दै शिक्षा क्षेत्रको यस महान कार्यमा थप योगदानका लागि सम्पूर्ण समाजसेवी, अभिभावक र महानुभावहरूलाई हातेमालो गर्न आह्वान गरे।
विद्यालयले शैक्षिक विकासमा योगदान दिन इच्छुक सम्पूर्ण व्यक्तित्वहरूलाई यस पुण्य कार्यमा जोडिन हार्दिक अनुरोध समेत गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







