नेपाली कांग्रेस कास्कीका युवा नेता भट्टराईलाई मातृशोक


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेस कास्कीका युवा नेता दीपक भट्टराईलाई मातृशोक परेको छ ।

भट्टराईका ७४ बर्षिय आमा अर्मला घर भई हाल पोखरा १६ महेन्द्रगुफा मार्ग निवासी चन्द्रकला भट्टराईको गएराती निधन भएको हो ।लामो समयदेखि अर्बुद रोगबाट पिडित भट्टराइको विहीबार बिहान सती नर्वदा घाट गोस्तेमा हिन्दु परम्परा अनुसार अन्त्यष्टी गरिएको छ । उनलाई जेठा छोरा कमल भट्टराईले दागबत्ती दिएका थिए । काङ्ग्रेसको राजनितिमा लामो समय सक्रिय रहि प्रजातन्त्रको पहरेदारको भुमिका निर्वाह गरेकी भट्टराईको पार्थिव शरिरमा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, प्रवक्ता माधव बास्तोला मधु, नेता कुमार खड्का,केन्द्रीय प्रचार विभागका सदस्य शिरोमणि बराल, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना लगायतका नेताहरुले पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गरेका थिए ।

यस अघि निवासबाट शुरु भएको शवयात्रा गोस्तेघाटमा पुगी शोक सभा गरिएको थियो ।कास्कीको सल्यानमा जन्मिएकी स्वर्गीय भट्टराईप्रति स्थानिय नेता, कार्यकर्ता, विभिन्न संघ संस्थाका प्रतिनिधीले श्रद्धाञ्जली अर्पण गरेका थिए । सभापति शर्माले भट्टराईको निधनप्रति शोक व्यक्त गर्दै, पार्टीले एक असल नेतृ गुमाएको स्मरण गरे । स्वर्गीय भट्टराई नेपाली काङ्रेसको महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधि रहि पार्टीको संगठन निर्माणमा महत्वपुर्ण भुमिका खेलेकी थिईन् । सामाजिक तथा धार्मिक कार्यमा समेत सक्रिय उनी लक्ष्मीनारायण आमा समूह अर्मला डि गाउँको अध्यक्ष भई त्यहाँका महिलालाई संगठित बनाएकी थिईन् ।

स्वर्गीय भट्टराईको तीन छोरा कमल ,दीपक ,सन्दीप भट्टराई र तीन छोरी सारदा पौडेल , कल्पना पोखरेल र रीता पौडेल छन् ।छोरा दीपक काँग्रेस कास्कीका क्षेत्रीय प्रतिनिधी हुन् । स्वर्गीय चन्द्रकलाका श्रीमानको २०७७ पुस १० गते स्वर्गारोहण भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।