पोखरा जेसीजको अध्यक्षमा जेसी सुमन पहारी निर्वाचित भएका छन्।
जेसीजको ४६ औं शाखा अधिवेशनले वर्ष २०२६ का लागी पहारीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो। अध्यक्षमा पहारीले ५० मत ल्याएर निर्वाचित भएका हुन्।उनले अध्यक्ष पदका अर्का उम्मेदवार अन्नत प्रधानाङ्गलाई २६ मतान्तरले पराजित गर्न सफल भएका हुन् । ७८ जना मतदाता रहेको उक्त निर्वाचनमा ७४ मत मात्र खसेको थियो । खसेको कुल मतमध्ये प्रधानाङ्गलाई २४ मत मात्र प्राप्त भएको थियो। त्यस्तै अध्यक्ष पदका अर्का प्रत्यासी श्रीकृष्ण सुनार मतदानमा सहभागी नहुँदै बाहिरिएपछि मुख्य प्रतिस्पर्धा पहारी र प्रधानाङ्गबीचमै सीमित भएको थियो।
यस्तै नयाँ कार्यकारिणी उपाध्यक्षमा जेसी रबिन्द्र गोदार र उपाध्यक्षहरुमा जेसी सरोज पौडेल, सुजल गोदार, सन्दीप श्रीस तथा मुकेश अर्याल चयन भएका छन् । महासचिवमा जेसिज सन्जय पौडेल, कोषाध्यक्ष जेसिज राजकुमार बोहोरा, सचिव जेसिज मिना कुमारी थापा र कानुनी सल्लाहकार जेसिज श्रीकृष्ण सुनार निर्वाचित भएका छन्। त्यस्तै निर्देशक पदमा जेसि बिनय सुवेदी, डम्बर खडायत, सन्तोष सुनार, बिबेक सापकोटा लगायत विजयी भएका छन्। अधिवेशन सफलतापूर्वक सम्पन्न भएको पोखरा जेसीजका पूर्व अध्यक्ष निर्वाचन आयुक्त गणेश गरीले जानकारी गराए ।
नयाँ नेतृत्वले २०२६ का लागी संस्थालाई थप सक्रिय, प्रभावकारी र समुदायमुखी बनाउने नवनिर्वाचित अध्यक्ष पहारीले प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







