नेपाली कांग्रेसका नेता शेखर कोइराला पुस मसान्तभित्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन् ।
सम्पर्क कार्यालय विशालनगरमा आज बिहान पार्टीका युवाहरूसँगको कुराकानीमा उनले ढिलोमा पनि पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका हुन्। १५ औं महाधिवेशन वैशाख वा त्यसभन्दा पनि ढिलो गर्ने गरी केही नेताहरूले अभिव्यक्ति दिइरहेकोतर्फ संकेत गद, उनले भने ‘२०८२ मंसिरभित्रै महाधिवेशन हुनुप¥यो भन्ने कुरा मैले पहिलेदेखि नै भन्दै आएको हुँ। अहिले नियमित अधिवेशनको परिभाषा कोही वैशाख भन्छन्, कोही त्यसपछि पनि भन्छन्। मेरो कुरा अहिले पनि त्यही छ– मंसिरको सट्टा पुसभित्रै महाधिवेशन गरौं,’ ।
यदि पुस मसान्तभित्र १५ औं महाधिवेशन हुन सकेन भने विशेष महाधिवेशनमा जानुको विकल्प नरहेको कोइरालाको भनाइ छ।तर विशेष महाधिवेशनमा जाँदा अहिले हस्ताक्षर बुझाएका ५४ प्रतिशतको सनाखत गरेरभन्दा पनि केन्द्रीय समितिबाट नै सर्वसम्मत निर्णय गरेर जाँदा उपयुक्त हुने कोइराला बताउँछन्।उनले सर्वसम्मत निर्णय गरेर विशेष अधिवेशनमा जान सकिएमा विवाद कम हुने र पार्टीलाई फुटबाट बचाउँदै एकताबद्ध बनाउन सकिने बताए ।
हस्ताक्षर सनाखत गराउन सुरू गर्ने हो भने पार्टी विभाजनमा जान सक्ने दाबी गर्दै कोइरालाले विवादरहित बनाउन केन्द्रीय समितिले नै विशेष महाधिवेशनमा जाने निर्णय लिनुपर्ने बताए।असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा विगत २५ वर्षदेखि हुदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहत…






