नेकपा एमालेका नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास भएको छ ।
सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका बस्नेतमाथि आज बिहान विमानस्थलबाहिर आक्रमणको प्रयास भएको हो ।उनी सवार गाडीलाई लक्षित गर्दै रातो मसी फ्याँकिएको थियो । त्यसलगत्तै बस्नेतविरुद्ध नाराबाजी भएको थियो ।सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ । पक्राउ पर्नेमा विराटनगर २ का १९ वर्षीय अरजित कुँवर र विराटनगर १ का २५ वर्षीय संजोग गौतम रहेका छन् । गौतमले महेश बस्नेत र एमालेमाथि सांकेतिक विरोध जनाउन रातो मसी फ्याँकेको बताए ।
विराटनगर विमानस्थलमा अवतरण गरेलगत्तै बस्नेतलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षा घेरामा राखिएको थियो । सुरक्षा संवेदनशीलताका कारण उनलाई सर्वसाधारण यात्रु निस्कने निकासद्वारबाटै सुरक्षाकर्मीको स्कर्टिङमा गन्तव्यतर्फ लगिएको थियो । कार्यक्रममा जान अवरोध पुर्याउन खोजिएको भन्दै नेता बस्नेतले यसलाई ‘लोकतन्त्रमाथिको उपहास’ भनेका छन् ।
नेता बस्नेतसँगै अर्का नेता भानुभक्त ढकाल पनि विराटनगर पुगेका हुन् ।उनीहरु राष्ट्रिय युवा संघ नेपाल, कोसी प्रदेशले इटहरीमा आयोजना गरेको ‘जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर–संवाद’ कार्यक्रमलाई सम्बोधन गर्न विराटनगर पुगेका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







