प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका हुन् ।कांग्रेसले शनिबार चुनावमा भाग लिने निर्णय गरेको थियो । माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ताको निवेदन दिने आज अन्तिम दिन हो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने मंसिर १० गतेसम्म दर्ताको निवेदन दिने समय तोकिएको छ ।
दोस्रो ठूलो दल एमालेले भने अहिलेसम्म दल दर्ताको लागि आयोगमा निवेदन दिएको छैन। एमाले भने अझै पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताउँदै आएको छ। आयोगमा शुक्रबारसम्म सूचीकृत दलको संख्या भने १२९ पुगेको छ। निर्वाचन आयोगको पछिल्लो आह्वान अनुसार १० वटा नयाँ दल दर्ता भएपछि दलको संख्या बढेको हो। यस बीचमा केही दल भने खारेज भएका छन्।आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा भाग लिन शुक्रबारसम्म ४० दल दर्ता भएका छन्।
आजसहित दल दर्ता गर्न अब चार दिन मात्रै बाँकी छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







