कास्कीको मादी गाउँपालिका निर्माण भएको २४ मेगावाटको मादमे खोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ ।
आयोजनाबाट १ सातादेखि परीक्षण उत्पादन सुरु गरिएको र केही दिन पछि व्यावसायिक उत्पादन शुरु गरिने प्रवर्द्धक मादमे खोला हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक धनबहादुर श्रेष्ठले जानकारी दिए । ‘एक साता लामो परीक्षण उत्पादन सकिए लगत्तै नेपाल विद्युत् प्राधिकरणलाई १५ दिनसम्म परीक्षणका रूपमा निःशुल्क विद्युत् उत्पादन गरेर दिने छौँ,’ उनले भने, त्यसपछि व्यावसायिक उत्पादन सुरु हुने छ ।ग्रस हेड ५५५।३६४ मिटर रहेको आयोजनाको माथिल्लो क्षेत्रमा रहेको बाँधबाट २ हजार ७०० मिटर लामो हेडरेस पाइपमार्फत विद्युत्गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिएको छ ।
आयोजनबाट वार्षिक औसत १४२।१९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन भएको विद्युत् १३ किलोमिटर लामो प्रसारण लाइनमार्फत सुपर मादी जलविद्युत् आयोजनाको स्चियार्डमा पुर्याएर त्यहाँबाट लेखनाथ सबस्टेसनमा लगी राष्ट्रिय प्रसारणमा जोडिएको छ । नयाँ तालिका अनुसार साढे २ वर्षभित्र आयोजना निर्माण पूरा भएको श्रेष्ठको भनाइ छ ।आयोजनाको कुल निर्माण लागत करिब ४ अर्ब ८० करोड ९प्रतिमेगावाट २० करोड रुपैयाँ पुगेको उनले जानकारी दिए । आयोजनामा एनएमबि बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, एनआइसी एसिया र प्रभु बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपुँजी लगानी गरिएको छ ।
कम्पनीले २०७४ साउन १५ गते विद्युत् विकास विभागबाट आयोजनाको सर्वेक्षण अनुमति पत्र लिएको थियो । त्यस्तै, २०७७ असार ३ गते उत्पादन अनुमति पाएको थियो । २०७८ को बर्खायाममा आएको बाढी–पहिरोले आयोजनाको ७ किलोमिटर लामो पहुँच सडकको ७५ प्रतिशत भाग पहिरो खसेर पुरिएपछि काम बन्द भएको थियो । बाढीले गर्दा आयोजनालाई करिब १० करोड रुपैयाँ बढीको क्षति भएको भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मानवसेवा आश्रम कास्की शाखाले हेम्जामा वैशाख १९ देखि २६ गतेसम्म “श्रीमद्भागवत सप्ताह…






