ठुला दलले नै बुझाएनन् निर्वाचन आयोगमा आय व्यय विवरण


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०८२ मा प्रकाशित




ठुला दलले नै निर्वाचन आयोगमा आय व्यय विवरण नबुझाएको खुलासा भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र बिभिन्न कम्युनिष्ट घटक मिलेर हालैमात्र गठन भएको नेपाली कम्युनिष्ट पार्टीमा समावेश दलले नै गत आर्थिक बर्षको आय व्यय विवरण नबुझाएको आयोगले जनाएको छ । आयोगमा हालसम्म विभिन्न ३३ वटा दलले मात्र गत आर्थिक वर्षको आय व्यय विवरण बुझाएका छन्। आय व्यय बुझाउनेमा अधिकांश साना दल रहेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। दलहरू मिलेर नयाँ दल बनेको भएता पनि मिल्नु अगाडिको अवस्थामा रहेका दलले आय व्यय विवरण बुझाउनुपर्ने हुन्छ । गत आर्थिक वर्षमा आयोगमा अद्यावधिक रहेका दलको संख्या १२२ थियो ।

आय व्यय बुझाउन आयोगले पत्राचार गर्ने र त्यति गर्दा पनि नबुझाएमा स्पष्टिकरण सोध्ने प्रावधान छ । अन्यथा, आयोगले आय व्यय विवरण नबुझाउने दलको रूपमा नाम प्रकाशन गर्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।