उड्ययन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०८२ मा प्रकाशित




नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।

तारेखका लागि उपस्थित भएका उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो । भक्तपुर नलिनचोकस्थित हेली प्याड निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा उनीविरुद्ध आयोगले अनुसन्धान गरिरहेको थियो ।

सोही अभियोगमा पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ। दुवैलाई अभियोगपत्रसहित विशेष अदालतमा उपस्थित गराइएको अख्तियारले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।