प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएपछि नेपाली कांग्रेसभित्र विवाद देखिएको छ ।
कांग्रेसका नेताहरूले केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कुनै संस्थागत निर्णय नगरेको बताउँदै, सांसदहरूले सर्वोच्चमा पेस गरेको रिट व्यक्तिगत भएको स्पष्ट पारेका छन् । नेपाली कांग्रेसका ८ जना निवर्तमान सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट पेस गरेका थिए । पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पुनर्स्थापनाका लागि पार्टीले रिट दायर गर्ने निर्णय नगरेको र रिट दायर गर्ने सांसदहरूको निर्णय व्यक्तिगत भएको बताए ।उनले पार्टीले संस्थागत निर्णय नगरेको स्पष्ट पार्दै रिट दर्ता गर्ने सांसदले व्यक्तिगत स्वतन्त्रताको प्रयोग गरेको दावी गरे ।
कांग्रेसभित्र इतर समूहका नेता डा शेखर कोइरालाले पुनर्स्थापनाका लागि सर्वोच्चमा जाने निर्णय सांसदहरूको व्यक्तिगत भएको बताए । महामन्त्री गगन थापाले पार्टीको आधिकारिक निर्णय निर्वाचनमा जाने भएको बताए । तर विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको आधारमा त्यसलाई लोकतान्त्रिक बनाउन आफूहरू पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा गएको बताए ।
विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ तथा सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति बिक र जाबेदा खातुन जागासहित ८ जना पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयविपरीत सर्वोच्च गएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






