पोखरा–ढोरपाटन पर्यटन कार्यक्रम सुरु


     एभरेस्ट आवाज    
     मंसिर २४ गते २०८२ मा प्रकाशित




नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ ९एनटिभिए० गण्डकी प्रदेशले पोखरा– ढोरपाटन पर्यटन प्रवद्र्धन कार्यक्रम प्रारम्भ गरेको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका प्रारम्भ भएको कार्यक्रममा सङ्घ आवद्ध सदस्यसँगै पोखरामा क्रियाशील विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मीसहित ४५ जना सहभागी छन् । सङ्घका प्रथम उपाध्यक्ष रवीप्रसाद आचार्यका अनुसार नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बागलुङमा कास्कीको घान्द्रुक, बागलुुङ, म्याग्दी र पर्वतका यातायातसम्बद्ध व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण तालिम दिइने छ ।

ढोरपाटनमा त्यहाँका पर्यटन व्यवसायीसँग पनि छलफल गरिने छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।