पर्यटन तथा उद्योग कार्यालयले पर्यटन पूर्वाधारका आयोजनाको सम्झौता निर्माणस्थलमा नै गर्न थालेको छ ।
चालु आर्थिक वर्षका लागि बजेट विनियोजन भएका आयोजनाहरु नियमित समयमा सम्पन्न गर्न निर्माणस्थलमा नै प्राविधिक र कर्मचारीको उपस्थितिमा निर्माण कम्पनीका प्रतिनिधिसँग सम्झौता गर्न थालिएको उक्त कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिए ।पर्वतमा चालु आर्थिक वर्षका लागि एक सय ११ वटा आयोजना सञ्चालन गर्न बजेट विनियोजन भएको छ ।
जिल्लाको दक्षिणी भेगका विहादी, पैँयु र महाशिला गाउँपालिकामा ५० वटा साना तथा मझौला आयोजना निर्माणको सम्झौता भएको छ ।पैँयू गाउँपालिका–२ का अध्यक्ष नरभूपाल काफ्ले कार्यस्थलमा सम्झौता गर्ने अभ्यासले समयमा नै आयोजना पूरा गर्न सहज भएको बताए ।
हालै आफ्ना वडाका मन्दिर निर्माणका सम्झौता भएका उनले बताए । हालसम्म ११ वटा आयोजना सम्पन्न भएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







