नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दवाव वा पूर्वशर्त राखेर आफूले अध्यक्षमा प्रतिस्पर्धा गर्नबाट पछाडि नहट्ने बताएका छन्।
बिहीबार काठमाण्डौंमा ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा अध्यक्ष ओलीले आफूले दवावमा काम नगर्ने बताए। अध्यक्षका अर्का प्रत्यासी बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीले अध्यक्ष छाडे आफू पनि सहमतिमा आउन तयार रहेको हिजो बताएका थिए। छलफलमा त्यही प्रसँगलाई उल्लेख गर्दै ‘आफू बाहेकलाई अध्यक्ष छोड्न तयार हुनुहुन्छ र ’ भन्ने प्रश्न गरेका थिए। ओलीले छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने ओलीले बताए।उनले बरिष्ठ उपाध्यक्ष पोखरेलले यो विषयमा आफूसँग कहिल्यै पनि कुरा नगरेको र बाहिर बोल्दै हिँडेको टिप्पणी गरे। ‘उहाँले बाहिर बाहिर होइन, मंसँग भन्नु प¥यो नि त्यो कुरा,’ ओलीले भने, ‘अहिलेसम्म मसँग त कहिल्यै भन्नु भएको छैन त्यो कुरा।,’
‘बाहिर बाहिर उम्मेदवारी घोषणा गर्नु भएको छ,’ उनले थपे।अध्यक्ष ओलीले अब पनि एमाले र कांग्रेसले नै देश चलाउने बताए।अहिले केही क्षणलाई ग्रहण लागेजस्तै मात्रै भएको उनले उल्लेख गरे। ‘एमाले र नेपाली कांग्रेस देशका दुई प्रमुख पार्टी हुन्,’ ओलीले भने, ‘ऐतिहासिक पार्टी हुन्। इतिहासमा योगदान गरेका, जनाधार भएका पार्टी हुन्। आज एकछिन सूर्यग्रहण लागे जस्तै हो।’ओलीले जेनजी र सरकारबीच भएको सम्झौता कलाबिहीन भद्दा नाटक भएको टिप्पणी गरेका छन् । उनले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनैपनि प्रकारको सम्झौता गर्न नमिल्ने बताए ।
उनले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले कहाँबाट पायो भन्दै प्रश्न गरे । ओलीले सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गरे । उनले जेनजी आन्दोलनको क्रममा आफू भागेको भनेर विभिन्न टिप्पणीहरू हुने गरेकोप्रति पनि आपत्ति जनाएका छन् ।उनले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गर्दै भनेका छन्, ‘नभागेको भए के गर्नुहुन्थ्यो रु’आफू राजधानी वरपर नै कसैको घरमा बसेको र डेरा पाउनासाथ गुन्डुमा सरेको ओलीको भनाइ छ । उनले विमानस्थलमा गएर टिकट हेरे हुने पनि बताए ।ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग आफ्नै पार्टीका केही नेताहरूको आवाज मिलेको भन्दै आश्चर्य व्यक्त गरेका छन्। उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारको भाषा बोलेकोमा आपत्ति जनाए।
गत भदौं २३ र २४ गते भएको आन्दोलन र विध्वंशात्मक प्रदर्शनको छानबिनका लागि गठित उच्चस्रतरीय आयोगलाई वयान लिने कुरा आफ्नो व्यक्तिगत भएको बताउँदै अध्यक्ष ओलीले यसमा टाउको नदुखाउन सुझाव दिए ।
उपाध्यक्ष पोखरेललाई किन सन्चो नभएको हो भन्नेबारे जानकारी नभएको बताउँदै उनले वयान दिने र लिने सम्बन्धमा सञ्चारमाध्यममा आएका कुराहरुप्रति असन्तुष्टि जनाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







