इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायीको योजनामा चौथो चरणका विजेता छानिए


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०८२ मा प्रकाशित




मंसिर २७ गते २०८२
पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीले आयोजना गरेको चाडपर्व उपहार कुपन योजनाका चौथो चरण विजेताहरु सार्वजनिक गरिएको छ । शुक्रबार भएको कार्यक्रमबाट विजेताहरु छानिएका हुन् ।

तेस्रो चरणको उपचारमा ३२ इन्चको स्मार्ट टिभी कुपन नम्र ९४१२ ले पाउँदा कुपन नम्बर २४०६५, १०६१८, ३५००७ र ४६८२२ ले स्मार्ट फोन पाएका छन् । उपहार योजनामा २५ जनाले किप्याड फोन पाएका छन् । यसरी किप्याड फोन जित्नेमा कुपन नम्बर ३५१४८, ५४९०६, ५३०२४, ३३०२७, १८८५, २२७३५, २५०६, ५२६२३, ४०५६९, ४४९२७, ११३५० र ४७१०० छन् ।

उपहार योजनामा कुपन नम्बर ४२९६२, २४८३५, ४३५७५, ४७०६२, ३१२३६, ३९९२७, ३१३७६, ३६५७१, १९७०, ३६३५५, २७७८१, ४४३९८ र ३३६७९ ले किप्याड मोबाइज जितेका छन् । उपहार योजनामा इयरबड जित्नेमा कुपन नम्बर ३४८६०, ३१३४०, १७१९०, ३८२०५, ३९८८२, ५११५३, ३१२, ३१६९१, ३१४९७, २०४४५, ३४९७९, ३८२८०, ४००५१, २६८४८, ४२३०७, २७०४४, ३१०७६, १७२६६, ३९२१, ४५१३४, ५४९३४, २५५४१, ७३३४, २४१३५ र ४१०४२ छन् ।

यस्तै, कुपन नम्बर ९२४४, १४०२१, ४३३२३, ४६७४९, ३१७१६ र ४१६७५ ले स्मार्ट वाच पाएका छन् । कुपन नम्बर २९८४४, ३१३५२, १७४९ र २९५०६ को भागमा ब्लुटुथ स्पिकर परेको छ । संस्थाको उपहार योजनामा पावर बैंक पाउनेमा कुपन नम्बर २१९८९, ४५२०२, ३९२२२, ४७०५२, ५५०१६ र १७२२८ छन् ।

कुपन नम्बर ३०४० र ३०५५१ ले राइस कुकर पाउँदा ६२५५ र १२४७४ ले इलेक्ट्रिक जग पाएका छन् । शुक्रबारै २५ जनाले भित्तेघडी उपहार जितेका छन् । यसरी घडी जित्नेमा कुपन नम्बरहरु ४०९१६, १०३२२, १०३०९, ४४६६९, ५१८५४, ४२३११, ५२१३, ५३३१२, २८२२०, ३०७२५, २८५४२, ३०८२४, १३२१, ३००३३, ३९९५५, ४३११२, ८८७१, ४१७७४, ११२२०, ४३८०४, १०३५, ५५००७, ४१३०४, २३४२४ र ४४२८७ छन् ।

संघ अध्यक्ष चिन्तामणि खरेलले उपहार लिन सात दिनभित्र कुपनको अर्धकट्टी र परिचयपत्रसहित संघको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरे । इलेक्ट्रनिक्स सामान तथा मोबाइल खरिद गर्ने ग्राहकले एउटा कुपन फ्रिमा पाउने र सोही कुपनद्वारा लक्की ड्रमार्फत भाग्यशाली विजेता छनिएको हो । यसरी कुपन लिनेमध्येबाट भाग्यशाली विजेतामध्ये बम्पर उपहारमा एक जनालाई मोटरसाइकल, एक जनालाई स्कुटर प्रदान गरिनेछ । संस्थामा ३ सय १० व्यवसायी आवद्ध छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।