पोखरा, २८ मंसिर
पोखरा महानगरपालिका वडा नं. १३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै संस्थाका मानार्थ संरक्षक तथा पूर्व अध्यक्ष शरदकान्त सिग्देलले संस्थाको हितका लागि आँफू सधैं सहकार्य गर्न तत्पर रहेको बताए । उनले साधारण सभाले सदस्यहरूलाई आफ्ना जिज्ञासा राख्न सहज वातावरण सिर्जना गर्ने धारणा राखे । शेयर सदस्यहरूको सक्रिय सहभागिताले मात्र सहकारीको योजना अगाडि बढाउन सहज हुने संरक्षक सिग्देलको भनाइ थियो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तीर्थबहादुर बस्नेतले वि.सं. २०५६ सालमा स्थापना भएदेखि हालसम्मको सहकारीको अवस्थाबारे चर्चा गरे । कर्मचारीहरूको निष्ठा, पारदर्शिता र सेवाभावले नै संस्थालाई विश्वासको केन्द्र बनाएकोमा बस्नेतले जोड दिए ।
बस्नेतले सहकारीको माध्यमबाट सदस्यहरूको आर्थिक र सामाजिक स्तर उकास्न सकिने विचार व्यक्त गरे । सो अवसरमा लामो समयसम्म नियमित कारोबार गर्ने नानीमाया श्रेष्ठलाई ’उत्कृष्ट सदस्य सम्मान’ प्रदान गरियो । त्यस्तै, १५ वर्ष अघिदेखि सहकारीको उन्नतिमा उल्लेखनीय योगदान पु¥याउँदै आएकी अधिकृत हेमा गुरुङलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष माधवप्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका सचिव सुरेन्द्र प्रसाद सिग्देल, कोषाध्यक्ष जयप्रसाद सापकोटा, लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानेन्द्रप्रसाद सिग्देल, शेयर सदस्यका तर्फबाट पुरनकुमार श्रेष्ठ र महिला शेयर सदस्यका तर्फबाट विष्णु सापकोटा लगायतले मन्तव्य राखेका थिए । सञ्चालक समिति सदस्य शारदा सिग्देल पराजुलीले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् । सो साधारण सभामा सहकारीका उपाध्यक्ष शान्तकुमार श्रेष्ठले स्वागत तथा सचालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा…






