पोखरा महानगरपालिकाको स्थापना दिवसको अवसरमा भोलि पोखरामा बृहद रक्तदान कार्यक्रम हुँदै


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०८२ मा प्रकाशित




पोखरा, मंसिर २८

पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा पोखरामा भोलि बृहद रक्तदान कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा पोखरा सभागृह परिसरमा भोलि बृहद रक्तदान कार्यक्रम हुन लागेको हो ।

रक्तदान कार्यक्रम विहान ८ बजेदेखि शुरु हुने महानगरपालिकाले जनाएको छ । रक्तदान कार्यक्रममा सहभागिता जनाउन महानगरबासीमा मेयर धनराज आचार्यले अपिल गरेका छन् ।

पोखरा महानगरपालिकाले यस वर्षदेखि पुस २ गते स्थापना दिवस मनाउने भएको छ । यसअघि महानगरपालिका बनेको दिन फागुन २७ गतेलाई स्थापना दिवस मान्दै आएको थियो । तर पोखरा महानगरले यस वर्षदेखि नगरपालिका घोषणा भएको २०१६ साल पुस २ गतेलाई स्थापना दिवस मानेर मनाउन लागेको हो । महानगरले सप्ताहव्यापी रुपमा स्थापना दिवस मनाउने जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।