सन्देश श्रेष्ठ
पोखरा, पुस ३
नेकपा एमालेको केन्द्रीय पदाधिकारी बन्ने खगराज अधिकारी कास्कीको पहिलो नेता बनेका छन् । एमालेको विहीबार सम्पन्न ११ औं महाधिवेशनबाट सचिव पदमा निर्वाचित अधिकारीले एमालेको पदाधिकारी बन्ने कास्कीको पहिलो नेताको ईतिहास बनाएका हुन् ।
अधिकारी विहीबार सम्पन्न मतगणनामा एक हजार दुई सय ३१ मत ल्याएर सचिव पदमा निर्वाचित भएका हुन् । कास्की क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित उनी गण्डकी प्रदेश सभामा एमाले संसदीय दलका नेता छन् । पूर्व गृहमन्त्रीसमेत रहेका उनी गण्डकीका पूर्व मुख्यमन्त्रीसमेत हुन् । यसअघि केन्द्रीय सदस्य रहेका उनी संगठन विभाग प्रमुखसमेत बनिसकेका छन् ।
कास्कीबाट यसअघि कोहिपनि एमालेको पदाधिकारी बनेका छैनन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







