शिशिर उजाड
पोखरा
कास्कीमा विकासप्रेमी नेताको छवि बनाएका कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टीमा समावेश हुने भएका छन् ।
नेपाली कांग्रेसका पुर्व आमन्त्रित केन्द्रीय सदस्य रहेका खड्कालाई गत निर्वाचनमा पार्टीका उम्मेद्वारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि उनी कांग्रेसको राजनितीबाट अलग भएका थिए ।खड्का गत निर्वाचनमा कास्की २ ख बाट टिकटका आकांक्षी थिए । तर, उनको सट्टामा विन्दुकुमार थापाले टिकट पाए । साथै उनी माथी पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप थियो । पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि खड्का र्वैकल्पिक राजनितीक शक्तिको रुपमा रास्वपातिर ढल्किएको उनी निकटका नेताले बताएका छन् ।उनी निकट एक नेताले भने– ‘कांग्रेसले साधारण सदस्यता रिन्यु नगरेपछि, बाँकी राजनितिक जीवन रास्वपामा लगाई जनताको सेवा गर्ने निष्र्कषमा पुग्नु भएको हो ।’
रास्वपाका बिभिन्न तहका नेतासँगको छलफल पछि उनी रास्वपाबाट बाँकी राजनितिक यात्रा शुरु गर्ने निर्णयमा पुगेका हुन् । यही पुस १९ गते पोखरामा हुने कार्यक्रममा औपचारिक रुपमा रास्वपा प्रवेशको तयारी गरेको स्रोतले बताएको छ ।खड्का लगायतका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन रास्वपाले पोखरामा विशेष कार्यक्रम आयोजना गरेको बताईएको छ । नेविसंघमा आबद्ध भई राजनितिक यात्रा शुरु गरेका खड्का अखण्ड नेपाल पार्टीबाट संघीय मन्त्री र नेपाली कांग्रेसबाट गण्डकी प्रदेश सरकारको मन्त्री बनिसकेका छन् । मन्त्री हुँदा जनताका प्रत्यक्ष सरोकारका विषयमा ध्यान दिएर विकास निर्माणका कार्यमा बजेट खन्याएका उनी कस्केली जनताका बिचमा लोकप्रिय छन् ।
प्रदेश सरकारमा भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री हुँदा आफ्नै वडा पोखरा १६ मा विकास बजेट खन्याएको भन्दै उनको आलोचना समेत भएको थियो । उनलाई ‘वडामन्त्री ’को संज्ञा समेत दिएका थिए।उनको रास्वपा प्रवेशलाई यहाँका नेता कार्यकर्ताले निकै उत्सुकता पुर्वक हेरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







