पोखरा,८ पुस । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले मंगलबार पोखराका सामुदायिक विद्यालयमा अध्ययनरत ४ सय ४० जना विद्यार्थीलाई न्यानो कपडा तथा लेखपढका सामग्री प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीसहित संघका अध्यक्ष गोकर्ण कार्की,पूर्वअध्यक्ष तथा सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनसहित संघका पदाधिकारी, कार्यसमितिका सदस्य एवं अतिथिहरुले सो विद्यार्थीहरुलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । किडासाको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा र लेखपढका सामग्री प्रदान गरिएको हो । सामाजिक विकास केन्द्रले संचालन गरिरहेको जीविकोपार्जन तथा शिक्षा कार्यक्रमअन्तर्गत सहरी क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका विद्यार्थीलाई सहयोग गरिएको पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले छोराछोरीलाई विद्यालय पढाएरमात्र अभिभावकको दायित्व पूरा नहुने बताए । आफ्ना बालबालिकाले के गरिरहेका छन् भन्नेबारे जानकारी राख्न र असल मार्गमा लगाउँदामात्र राष्ट्रले असल नागरिक पाउने उनको भनाइ थियो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले स्थानीय सरकार तथा नागरिक समाजका सदस्यहरुको सहयोग पाए संघले श्रम तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई सहयोग गर्नसक्ने बताए ।
पोखरा उद्योग वाणिज्य संघले विगत २५ वर्षदेखि सहरी क्षेत्रमा रहेका बालश्रमिक तथा घरेलु कामदार, उनीहरुका परिवारको हितका निम्ति विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





