सन्देश श्रेष्ठ
पोखरा, पुस १७
पोखरामा यहि पुस १९ गते झ्व भ्वय हुने भएको छ । नेवाः मिसा पुचः कास्कीको आयोजनामा नेवारी सांस्कृतिक उत्सव झ्व भ्वयको चौथो संस्करण शनिबार हुने भएको विहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । नेवाःमिसा पुचःले संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्दनका लागि हरेक ३/३ वर्षमा यो कार्यक्रम गर्दै आएको छ । २०७२ सालदेखि शुरु भएको यो भोज २/२ वर्षमा गर्ने भनिए पनि विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस कोभिड–१९ का कारण बिचमा रोकिएको थियो । तर तीन वर्षअघि तेस्रो संस्करण भएपछि पुनः ३/३ वर्षमा हुन थालेको छ ।
नेवारी संस्कृति, परम्परा र खानपानको संरक्षण तथा प्रवद्र्दन गर्न चौथो संस्करणको झ्व भ्वय गर्न लागेको नेवाःमिसा पुचःकास्कीकी अध्यक्ष संगीता बज्राचार्यले जानकारी दिईन् । परम्परादेखि चलिआएको प्रचलनलाई युवा पुस्तामाझ परिचित गराउँदै नेवारी फुड कल्चरमा अभ्यस्त गराउन पनि कार्यक्रम गरिएको उनको भनाई छ ।
भीमसेनटोलस्थित नेवा छेँमा आयोजना शनिबार आयोजना हुने भोज १ हजार ५ सयले खाने अध्यक्ष बज्राचार्यले बताईन् । भोजमा नेवार तथा गैरनेवार सबै सहभागी हुन पाउने उनले बताईन् । ‘साना साना बालबालिकादेखि बृद्दबृद्दासम्मपनि सहभागी हुन्छन्’–उनले भनिन् । सहभागीलाई शुरुमा नेवारी संस्कार, संस्कृति अनुसार लहरै राखेर वासा सगुन र औषधीका रुपमा दिएर स्वागत गरिने जानकारी दिईन् । त्यसपछि सुख्खा खानाका परिकारहरु, ग्रेभीयुक्त परिकार, झोलिलो परिकारहुँदै अन्त्यमा डेजर्टका रुपमा चुसीफुसी खुवाएर बिदाई गरिने उनले बताईन् । वासा हाम्रो सगुन पनि हो,उनले भनिन्,‘यो औषधी पनि हो । त्यसले स्वागत गर्छौं ।’
जाडो महिना पुसमा एकपटक भोज अनिवार्य भएकाले पनि झ्व भ्वयको अत्यन्त महत्व रहेको उनले बताईन् । त्यस्तै, संस्कार, संस्कृति जोगाउन मात्र नभई पर्यटन प्रवद्र्दनमा पनि यसले सहयोग गर्ने उनले बताईन् ।
झ्व भ्वयको अवसरमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम पनि हुने कार्यक्रम संयोजक तथा नेवा मिसा पुचःकी उपाध्यक्ष शान्ती प्रधानाङ्गले जानकारी दिईन् । उनका अनुसार भोज चलिरहँदा सांस्कृतिक कार्यक्रम हुनेछ । जहाँ नेवारी गीतहरु गाएर चर्चामा रहेकी निसा देशारलगायतका कलाकारहरुले प्रस्तुती दिनेछन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाःमिसा पुचको आयोजनामा हुने झ्व भ्वय कार्यक्रमले नेवारी भाषा, संस्कार, संस्कृति संरक्षणमा टेवा पुग्ने बताए । नया पुस्ताका लागि झ्व भ्वय सिक्ने थलो बन्ने पनि उनले बताए ।
भोजको मुख्य प्रायोजन फिस्टेल आईभिएफ फर्टिलिटी सेन्टर गैह्रापाटन र विशेष सहयोगीमा पोखरा महानगरपालिका वडा नम्बर–९ को कार्यालय रहेको महासचिव किरण बिजुक्षेले जानकारी दिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, बैशाख १७ पोखरा न्यूरोडमा सञ्चालित सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की गण्डकी…






