ज्योति विकास बैंकले जेनजी प्रदर्शनका बेला क्षतिग्रस्त भएको कास्की जिल्ला अदालतलाई सहयोग स्वरुप कम्प्युटर प्रदान गरेको छ ।
आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट अदालतका भौतिक तथा सूचना प्रविधि सम्बन्धी उपकरणहरू जली नष्ट भएको अवस्थामा अदालतलाई डेल ब्राण्डका दुई थान कम्प्युटर सेट सहयोग गरेको जनाएको छ । उक्त सहयोग बैंकका गण्डकी क्लस्टर,प्रदेश प्रमुख सुजित नेपाल र बैंकका न्यूरोड पोखरा शाखा प्रमुख रेशम लाल श्रेष्ठले कास्की जिल्ला अदालतलाई हस्तान्तरण गरे।
बैकिंग क्षेत्रमा क्रियाशील ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अदालतलाई आवश्यक सहयोग प्रदान गरेको हो । यस प्रकारको सहयोगले अदालतको न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ।
बैंकले सामाजिक संस्थाहरूको सेवा प्रवाहलाई सहज बनाउन तथा सार्वजनिक सेवामा सूचना प्रविधिको निरन्तरतामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरेको जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाहसँग चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले भेट…







