पोखरा १९ घार्मी, माझटोलमा रहेको मातृभुमि कृषि बचत समुहको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै समुहका सल्लाहकार हुतराज शर्मा पौडेलले ग्रामिण क्षेत्रमा संचालित समुहले स सानो रकम बचत गरी स्थानीयमा बचत गर्ने बानीको विकास गरेको बताए । उनले समुहले बचत मात्र नगरी केही रकम उत्पादन मुलक कृषि क्षेत्रमा लगाउन सुझाव दिए । सल्लाहकार संयोजक ढुण्डिराज पौडेलले विभिन्न क्षेत्रमा सफलता हासिल गरेका सहकारीको अध्ययन गरी अनुभव आदान प्रदान गर्नुपर्नेमा जोड दिए । समुहका अध्यक्ष नन्दराज दाहालको अध्यक्षतामा भएको सभामा लेखा उपसमितिका संयोजक राजेन्द्रप्रसाद पौडेल, त्रृmण लगानी उपसमितिका संयोजक शोभाकर पौडेल, शिक्षा उपसमितिका संयोजक तिलकराज शर्मा पौडेल,शेयर सदस्य नारायण पौडेल,अर्जुन अधिकारी,शकंर पौडेल, धुर्वराज पौडेल, भरतराज पौडेल लगायतले कृषि तथा दुग्ध व्यवसायमा लागेका कृषकलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
अध्यक्ष दाहालले सदस्यबाट प्राप्त सुझावलाई अध्ययन गरी अगाडी बढाउने स्पष्ट पारे । सभाले कोषाध्यक्ष विष्णुप्रसाद पौडेलको आर्थिक प्रतिवेदन, सचिव प्रेमबहादुर जिसीको वार्षिक प्रतिवेदन पारित गरेको छ । नयां शेयर सदस्य श्रीराम पौडेल र पवित्रा पौडेललाई स्वागत गरिएको सभाले अध्ययन अवलोकन भ्रमणका लागि तिलकराज शर्मा पौडेलको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समुहका उपाध्यक्ष भगवती पौडेलले स्वागत गरेको कार्यक्रमको संचालन संभाव्यता अध्ययन उपसमितिका संयोजक शिशिर पौडेलले गरेका थिए ।
२०५३ सालमा महिलाको सक्रियतामा गठन भएको समुहमा हाल ९७ जना सदस्य आवद्ध छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, माघ ४ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएका…






