पोखरा, माघ ६
लायन्स क्लब अफ पोखरा र नेपाल लायन्स फाउन्डेसनले पोखरा महानगरपालिका–११, काहुँडाँडास्थित कालिका माध्यमिक विद्यालय लाई आवश्यक शैक्षिक सामाग्री र फर्निचर सामाग्री प्रदान गरेको छ । यी दुई संस्थाले मंगलबार उक्त सामग्रीसहित कक्षा कोठा रङरोगनका लागि आर्थिक सहयोग र असहाय बालबालिकालाई केही नगद रकमसमेत प्रदान गरेको हो।
कार्यक्रममा बोल्दै लायन्स मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापा शिक्षाको गुणस्तर सुधारमा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने र साथै, लायन्स क्लबले शिक्षा, स्वास्थ्य र सामुदायिक विकासमा गर्दै आएका सामाजिक कार्यहरू प्रशंसनीय रहेको उल्लेख गरिन् ।
विद्यालयको शैक्षिक वातावरण सुधार र विद्यार्थीहरूको सहज सिकाइमा सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा शैक्षिक सामाग्री लगायतका फर्निचर सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक लायन कृष्ण जिसिले जानकारी दिए ।
लायन्स क्लब अफ पोखराका अध्यक्ष लायन देबेन्द्र नकर्मीले क्लबले स्थानिय विद्यालय र समुदायको आवश्यक्ता हेरेर सहयोग गर्दै आएको बताउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापकले क्लबबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै, यसले विद्यालयका विद्यार्थीहरूको अध्ययन–अध्यापनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।
मल्टिपल कोर्डिनेटर लायन योगेन्द्र प्रधानले क्लब र विद्यालयबीचको सहकार्यले विद्यार्थीहरूको शिक्षा र सामाजिक विकासमा दीर्घकालीन योगदान पुर्याउने बताए । साथै यस्ता पहललाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा विधालय व्यबस्थपन समितिका अध्यक्ष रमेश खत्री निवर्तमान अध्यक्ष कुमार खत्री लगायतले बोलेका थिए । विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।
सहभागीहरूले शिक्षा क्षेत्रमा यस्ता सहकार्यात्मक पहलले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे। लायन्स क्लब अफ पोखरा अध्यक्ष देवेन्द्र नकर्मिको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम क्लबका सचिब लायन्स रमेश थापाले संचालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाहसँग चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले भेट…







