सन्देश श्रेष्ठ
पोखरा, माघ १३
होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको अध्यक्षमा सुरेश लामिछाने चयन भएका छन् । एशोसियसनको १८ औं साधारण सभा तथा सातौं अधिवेशनले लामिछानेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । एशोसियसनको उपाध्यक्षमा विष्णुहरी सुवेदी, महासचिवमा शक्ति श्री कोईराला, कोषाध्यक्षमा मुक्ति सुवेदी र सचिवमा राजेन्द्र सुवेदी चयन भएको संस्थापक अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए ।
त्यस्तै, सदस्यहरुमा प्रकाश सापकोटा, रविभक्त थापा, निर्मला थकाली, अमृत लामिछाने, अनिल ढकाल र ओम श्रीस मगर चयन भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन शत्र र बन्द शत्रमा लेखनाथका होटल तथा रेष्टुरेण्टहरुसँगै त्यहाँका समग्र पर्यटन व्यवसायलाई चलायमान गराउनेबारे घनिभुत छलफल भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाहसँग चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले भेट…







