बाटुलेचौरमा कांग्रेसको सम्पर्क कार्यालय स्थापना, बद्लिएको कांग्रेसले देश बदल्छ:उमेद्वार बास्तोला


     एभरेस्ट आवाज    
     माघ २५ गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. २ कास्कीले पोखरा १६ बाटुलेचौरमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी स्थापना गरिएको कार्यालयको क्षेत्र नं. २ का उमेद्वार माधवप्रसाद बास्तोला मधुले उद्घाटन गरे । उद्घाटन पछि आयोजित कार्यक्रममा उमेद्वार बास्तोललले राष्ट्र र लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्न सक्ने बताए । उनले विशेष महाधिवेशन पछि कांग्रेस बदलिएको बताउँदै, बदलिएको पार्टीले नै नवयुवालाई साथमा लिएर मुलुकलाई बदल्ने दावी गरे । पोखरा पर्यटनको प्रचुर क्षेत्र भएको बताउँदै बास्तोललले यस वडा सहित आसपासका क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको विकासमा आफुले भुमिका खेल्ने स्पष्ट पारे ।

क्षेत्रीय सभापति केशर निर्दोषीले कांग्रेस जनताको सुख, दुखको साथी भएको बताउँदै, पार्टीका पक्षमा जनमत तयार गर्न आग्रह गरे । वडा ईकाई समितिका कार्यबाहक सभापति मीनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधी लक्ष्मी पाण्डे, मदन बस्नेत, जेष्ठ नागरिक मुक्तिराम भट्टराई, जेनजी युवा विजय सापकोटा, ईकाई समितिका सभापति अमृत शर्मा तिमिल्सीना लगायतले बोलेका थिए । उमेद्वार बास्तोलाले बाटुलेचौर ९० बर्षिया जेष्ठ नागरिक खड्क कुमारी थापाको हातबाट आशिर्वाद समेत लिएका थिए ।

उमेद्वार बास्तोललले सहभागिसँग सुझाव संकलन समेत गरेको कार्यक्रमको संचालन सचिव बलराम आचार्यले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।