पोखरा । गुणस्तरीय, अनुशासित र मूल्यआधारित शिक्षाको लक्ष्यसहित पोखरा–१७ ड्यामसाइडमा ‘पोखरा ग्रामर स्कुल’ सञ्चालनमा आउने भएको छ। विद्यालयले शैक्षिक सत्र २०८३ बाट औपचारिक रूपमा अध्ययन–अध्यापन सुरु गर्ने जनाएको छ।
पूर्व फिस्टेल स्कुल परिसरमा, गण्डकी विश्वविद्यालयद्वारा प्रयोग गरिएको भवनमा स्थापना हुन लागेको उक्त विद्यालयले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, आधुनिक प्रविधि र स्थानीय सांस्कृतिक मूल्यहरूको संयोजनमार्फत नयाँ शैक्षिक मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको संरक्षक चिनु रानाभाटले जनाए ।
विद्यालयले अनुशासित, करुणाशील, नैतिक तथा विश्व प्रतिस्पर्धामा सक्षम नागरिक उत्पादन गर्ने दृष्टिकोण सार्वजनिक गरेको छ। आधुनिक शिक्षण प्रविधि, अनुसन्धानमुखी तथा अनुभवात्मक पद्धतिद्वारा समग्र शिक्षा प्रदान गर्ने विद्यालयको योजना छ।
विद्यालयमा प्रारम्भिक बाल शिक्षा, प्राथमिक, तल्लो माध्यमिक र माध्यमिक तह सञ्चालन गरिनेछ। जापानी अनुशासन, समयपालन, स्वच्छता र आत्म–जिम्मेवारीबाट प्रेरित विद्यालय संस्कृतिलाई विशेष प्राथमिकता दिइने व्यवस्थापनले जनाएको छ।
सह–पाठ्यक्रम गतिविधिअन्तर्गत कला, संगीत, योग, माइन्डफुलनेस, मार्सल आर्ट, वातावरणीय सचेतना तथा सामुदायिक सेवा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष एलिस रानाभाटले जानकारी दिए ।
पूर्व Little Well School को नामबाट संचालित बिद्यालयलाई स्वामित्वमा लिई सबै कानुनी प्रक्रिया पूरा गरि संचालनमा आउन लागेको पोखरा ग्रामर स्कूल विद्यालयको व्यवस्थापन फिस्टेल समूहले गर्नेछ। समूहअन्तर्गतको Fishtail Academy काठमाडौं बाहिरको एक मात्र IB वर्ल्ड स्कुलका रूपमा स्थापित रहेको जनाइएको छ। सोही व्यवस्थापन अनुभवमार्फत पोखरामा पनि प्रगतिशील शिक्षाको नमुना विस्तार गर्ने लक्ष्य लिइएको अध्यक्ष एलिम रानाभाटले जानकारी दिए। विद्यालयका संरक्षकमा चिनु रानाभाट रहेका छन्।
विद्यालयले गुणस्तरीय, अनुशासनमुखी तथा मूल्यआधारित शिक्षाको सुदृढ स्तम्भ बन्ने प्रतिबद्धता व्यक्त गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


संसदिय निर्वाचनको झल्को दिने गरी विद्यार्थीले मतदानबाटै विद्यालय छात्र छात्रा प्रमुख छनौट…






