पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ९४ यूनिट रगत संकलन भएको छ ।
विद्यालयको नेपाल जुनियर रेडक्रस सर्कलले रेडक्रस कास्कीसँगको संयोजनमा विद्यालयमा आयोजना गरेको कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहित शिक्षक, कर्मचारी, अभिभावकले रक्तदान गरेको प्राचार्य डा. नारायण बरालले जानकारी दिए ।विद्यालयमा संकलित रगतले कोही न कोहीको जीवनलाई बचाउन मद्दत गर्नेछ ।’ विद्यार्थीलाई समाज र राष्ट्रप्रतिको योगदान बुझाउनका लागि पनि यो कार्यक्रम महत्वपूर्ण रहेको उनले बताए ।सो कार्यक्रमको पोखरा–७ का अध्यक्ष राममोहन आचार्यले शुभारम्भ गरेका थिए । समाजमा शिक्षाको माध्यमबाट योगदान गरिरहेको विद्यालयले रक्तदान कार्यक्रम गरेर थप योगदान दिएको उनले बताए ।
रेडक्रस कास्कीका पूर्व सभापति डण्डुुराज शर्माले विद्यालयले समाज र राष्ट्रका लागि रगतमार्फत योगदान दिएको बताए । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले रक्तदानको महत्व आफैमा हुँदाहुँदै यसले अरुको जीवन बनाउन पनि सघाउने बताए । विद्यालयका विद्यार्थीलाई रक्तदानको महत्व पनि यो कार्यक्रमले बुझाउने उनले बताए । आगामि दिनमा पनि विद्यालयले सामाजिक उत्तरदायित्व निभाउने क्रममा रक्तदान कार्यक्रम आयोजना गर्दै जाने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तमु जातिको ऐतिहासिक थलो क्होला सोंथरमा भ्रमण वर्ष २०२६ सम्पन्न भएको छ…






