देशभरका ५२ जिल्लामा पुष्प व्यवसाय बिस्तार भएको छ ।
फ्लोरिकल्चर एशोसिएशन नेपालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५२ जिल्लाका २ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा मात्रै आठ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको छ । सो व्यवसायमा करिब ५३ हजार ५०० भन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी समेत पाएको तथ्याङ्क छ । एशोसिएशनका अनुसार पछिल्लो समय विदेशी फूलको आयातमा भने उल्लेख्य गिरावट आएको छ । अघिल्लो वर्ष रु २७ करोड ७९ लाख बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४दशमलव २७ प्रतिशतले घटेर रु १२ करोड ७० लाखमा सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई रु दुई करोड १३ लाख पुगेको छ ।
पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित काठकमण्डौंमा आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पोमा रु एक करोड २२ लाखको आर्थिक कारोबार भएको एशोसिएशनले जनाएको् छ । यही चैत पाँच गतेदेखि सुरु भएको मेला आइतबार सम्पन्न भएको हो । मेलामा कूल ६० हजार ७०० जनाले अवलोकन गरेका छन् भने रु एक करोड २२ लाख ६० हजार बराबरको कारोबार भएको आयोजकले जनाएको छ । मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक दुई, फुड दुई, ल्याण्डस्केप एक, सेल्फी एक तथा बीवाइडी ईभी कारसहित गरी कूल ८३ वटा स्टल रहेका थिए ।
प्रदर्शनीमा सहभागी व्यवसायीले उत्पादन गरेका फूल तथा बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धामा समावेश गरिएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की जिल्ला टेनिस संघको आयोजनामा मंगलबार पोखरामा सम्पन्न यू १८ ब्वाइज सिंगल्सतर्फ…






