नयाँ शैक्षिक शत्र शुरू भएको थियो । पोखराको मौसम खुलेको हिमाल बिहानको चिसो हावा भर्खरै झुल्कदै गरेको घामको किरण सँगै सानो हातमा नयाँ झोला, अनि छेउमै उभिएकी आमा – आमाका आखाँमा एउटा सानो तर गहिरो सपना “मेरो बच्चा अधि बढोस ।” यहि सोच्दा सोच्दै स्कुलको गेट आएको पत्तै भएन बच्चालाई स्कुल छाडेर फर्किन् । यसपालि भने अब विस्तारै मेरो बच्चा पनि पक्के राम्रो सँग अगाडी बढ्नेछ भन्ने विश्वासका साथ दैनिकी चलिरहेको थियो।
केहि हप्तापछि स्कुलबाट फोन आउछ “म्याम एकपटक विद्यालय आउनुहोस न” फेरि उनका मनमा धेरै प्रश्नहरुले तरङ मच्चाउन थाल्छन । मन मनै डर पलाउछ उनि विद्यालय पुग्छिन् । विद्यालयको अफिस कोठा टेबलको अकोपट्टी शिक्षकहरू गम्भीर अनुहारमा देखिन्छन् । यो देखेर उनको मन भारी हुन्छ । कक्षा शिक्षकले भन्नुहन्छ । ” हामी तपाइको बच्चालाई यहॅा राख्न सक्दैनऊ.. “
” उसलाई माथिल्लो कक्षामा उकाल्न गह्रो हुन्छ… “
” अरु बच्चालाई Distract गर्छ….. “
“ठुलो कक्षामा यस्तो पढाईले पुग्दैन …. “
यी शब्दहरू सुन्दै जाँदा, आमा बहिरबाट शान्त देखिछिन्- “ठिक छ म्याम भन्दै मुन्टे हल्लाएर अफिस कोठाबाट बहिर निस्किन्छन् तर उनी भित्र भित्र टुटिरहेकी हुन्छिन् । घर फर्किने बाटो लामो लाग्छ फेरि देखेका सपनाहरू केहिदिनमै टुटे जस्तो लाग्छ । छेउमै उभिएको बच्चा खुसी हुँदै भन्छ “मम्मी आज मैले Drawing राम्रो बनाएको! आमाले मुस्कान दिॅंदै भन्छिन्। “मेरो बच्चा त धेरै राम्रो छ नि “। तर यो मुस्कानभित्र एउटा गहिरो पीडा लुकेको हुन्छ । किनभने उसलाइ थाहा छ उसको बच्चा फरक तरिकाले सिक्छ । ऊ अरु जस्तो छिटो लेख्न सक्दैन, समयमै कपी डाउन गर्न सक्दैन तर उसले बुझ्छ, उसँग ज्ञान छ ।
त्यसपछि सुरु हुन्छ अर्को नयाँ संघर्ष अब कहाँ जाने ?घर फर्किएर पोखराका नाम चलेका विद्यालयहरू खोज्न थाल्छिन् तर हरेक ढोकामा एउटै नियम हुन्छ । ” नपढे कक्षा उक्लन पाइदैन ।” “Entrance पास नगरे भर्ना हुदैन ।” परिक्षाको दिन बच्चा कागजमा हेरेर बस्छ । उसले प्रश्न बुझ्छ अनी उत्तर पनि थाहा हुन्छ तर समयले साथ दिदैन । उसको हात छिटो चल्दैन । बाहिर आमा डर डरका बिचमा आशा पालेर उभिएकी हुन्छिन् । यतिकौमा नतिजा आउछ “Not Selected” फेरि एउटा सपना चुपचाप मर्छ । विद्यालयबाट फर्किएपछि, आमा बच्चालाई सुताउँदै थिइन् । बच्चा निदाइसकेको थियो, तर उनि भने छततिर हेरेर बसिरहिन ,सोच्दिन भन्दा नि मनमा फेरि तिनै प्रश्नहरु दोहोरिन थाले
“के मेरो बच्चा साँचै कमजोर हो ” ?
“कि हाम्रो शिक्षा प्रणालीले उसलाई बुझन सकेन ?
” के मेरो बच्चाले नघोकेकाले मात्र उ पछाडी परेको हो ? “के कक्षा उकाल्नु केवल परीक्षामा पास हुनुमा मात्र निर्भर हुनुपर्छ ?”
उनले सम्झिन् ,हामी अझै पनि त्यही “घोकन्ते शिक्षा ” मा अड्किएका छौ। नपढे, नघोके कक्षा उक्लन पाइँदैन भन्ने सोच । तर के यही नै साँचो शिक्षा हो?अर्को दिन बच्चा आफ्नो कापी लिएर आयो । उसले केहि लेखेको थियो अलि अपुरो उसले भन्यो “मम्मी मैले बुझेको हो है…”. कापि हेदै सोचिन् ” ऊसले त बुझ्छ तर किन प्रणालीले बुझ्दैन ? त्यही उनलाई सम्झना आयो विश्वका धेरौ देशहरूले यो सोच धेरै अगाडी छोडिसकेका छन् जस्तै जापानले जहाँ साना कक्षाहरुमा बच्चालाई फेल गराइदैन किनभने त्यॅहा विश्वास गरिन्छ, बच्चाको आत्म विश्वास नटुटोस्, उसको मनोविज्ञान सुरक्षित रहोस् । त्यहाँ कसैले सोध्दैन “कति नम्बर आयो? बरु सोधिन्छ ” ऊ कति खुसी छ?” उसले कति सिकिरहेको छ आफ्नै तरिकाले तर यहाँ अझै पनि एउटै मापदण्ड छ । हाम्रो छिमेकी मुलुक इन्डियामा पनि Cambridge Assessment International Education अन्तर्गतका विद्यालयहरुले यस्ता बच्चाहरूका लागि फरक तरिका अपनाएका छन् । आमाका मनमा फेरि प्रश्न आयो “यादि अरु देशहरुले सक्छन् भने, हामी किन सक्दैनै?”
केहि दिनपछि अर्को स्कुलमा गईन् उनी, फेरी ऊही कुरा ” हामीले Manage गर्न सक्दैनौं। यो शब्द अब उनको लागी नयाँ थिएन तर पीडा भने हरेकपटक नयाँ जस्तै लाग्थ्यो । उनी बाहिर निस्किइन् बच्चा उनको हात समाएर हिँडिरहेको थियो। एकछिन पछि बच्चाले सोध्यो “मम्मी म किन यहाँ पढ्न पाइन?” आमा रोकिईन् जवाफ थिएन ।
त्यो रात पनि उनी धेरै बेर सुत्न सकिनन् उनको मनमा फेरि प्रश्नहरु घुमिरहे “के विधालयमा Trained Teachers हुन जरुरी छैन ?” ” के शिक्षकले मेरो बच्चाको मन बुझ्न सक्दैनन् ?” किन हरेक बच्चालाई एउटै ढॅाचामा अटाउन खोजिन्छ?”उनलाई थाहा थियो उनको बच्चा कमजोर छैन ऊ केबल फरक छ ।तर यो संघष केवल उनको मात्र होइन । समाजले बुझ्दैन आफ्नै आफन्तले सोध्छन् ” अझै किन यस्तो समस्या?” “के गरिरहनुभयको छ ?” यस्ता प्रश्नहरूले उनको मनमा झन गहिरो चोट बन्छन् । विद्यालयले Reject गर्छ, समाजले प्रश्न गर्छ, अनि उनि भित्रभित्रै थाक्छिन् । कसैले सोध्दैन “तपाई ठिक हुनुहुन्छ ?”
यति धेरै संधर्षका बीच “नेपाल सरकारले कक्षा ५ सम्म आन्तरिक परिक्षा हटाउने र मनोवैज्ञानिक दवाव नपर्ने मूल्यांकन प्रणाली ल्याउने तयारी गरेको खबर सुन्दा उनको मनमा सानो आशा पलायो “सायद अब केही बदलिन्छ “
यदि यो नियम पहिल्यै नै भएको भए । उनले मनमनै भनिन् । सायद उनको बच्चाले “Not selected” भन्ने शब्द सुन्नुपदैन थियो । सायद उसले आफुलाई कमजोर महशुश गर्ने थिएन । तर यो आशसँगै अर्को प्रश्न पनि आयो –
” के यो निर्णयले मात्रै पुग्छ ??
” के learning disabilities भएका बच्चाहरुका लागी अझै केही विशेष व्यवस्था आउँछ?”
उनी फेरी छततिर हेर्दै सोच्न थालिन् -यादि सरकार मनोवैज्ञानिक असर नपर्ने शिक्षा चाहान्छ भने ” के विद्यालयहरू तयार छन् ?”
“के शिक्षकहरू तयार छन् ?
साँझ पर्छ आमा आफ्नो बच्चालाई सुताउदै भन्छिन् “बावु तिमी ठुलो मान्छे बन्छौ है ?” बच्चा मुस्कुराउँदै भन्छ “मत already राम्रो छु नि मम्मी ” त्यो वाक्यले आमाको मन भित्रसम्म छोयो । उनको आँखाबाट आँसु बग्यो । किनभने बच्चाले आफुलाई स्वीकारीसकेको छ तर समाजले अझै स्वीकार्न बाँकी छ ।
अन्ततः एउटै प्रश्न बाँकी रहन्छ की “हामी कहिले वुझ्नेछौ कि हरेक बच्चा एउटै हुदैनन्?” घोकन्ते शिक्षा भन्दा मानसिक स्वास्थ्य ठूलो हो । अंक भन्दा आत्मविश्वास ठुलो हो । अब समय आएको छ ” नपढे कक्षा उक्लँदैन” भन्ने सोच बदलने र “हरेक बच्चा आफ्नै तरिकाले अघि बढ्छ” भन्ने स्वीकार गर्ने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।

तमु जातिको ऐतिहासिक थलो क्होला सोंथरमा भ्रमण वर्ष २०२६ सम्पन्न भएको छ…






