गण्डकी प्रदेश सरकारको मन्त्रिमण्डल फेरबदल गरिएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। मुख्यमन्त्री पाण्डेले पुराना सबै मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका हुन् । ९ सदस्यीय नयाँ मन्त्रिमण्डलमा नेकपा एमाले र नेपाली कांग्रेसबाट चार चारजना मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । यसअघि मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले नयाँ मन्त्रीहरू नियुक्त गरेका थिए ।
पुर्नगठित मन्त्री परिषद्मा कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नन्दप्रसाद न्यौपाने, अर्थमन्त्रीमा जित शेरचन, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरण मन्त्रीमा नम्डु गुरुङलाई नियुक्त गरेका छन् । एमालेबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीमा गोविन्दबहादुर नेपाली, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा भिमबहादुर कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मणबहादुर पाण्डेलाई नियुक्त गरिएको छ ।
यसैबिच मन्त्रीको आकांक्षी रहेका नेपाली कांग्रेसका सांसद द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य कुँवरले बुधबार नै राजीनामा दिएका हुन् । उनले प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीना पत्र बुझाएका छन् । बागलुङ जिल्ला क्षेत्र नम्बर २ को २ बाट प्रत्यक्ष निर्वाचित सदस्य कुँवरले आजैदेखि लागु हुनेगरी राजीनामा दिएको पत्रमा लेखेका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तमु जातिको ऐतिहासिक थलो क्होला सोंथरमा भ्रमण वर्ष २०२६ सम्पन्न भएको छ…






