१३ बर्ष देखि फरार रहेका प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दामा १३ वर्ष ८ महिना १० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेका हेम कुमार तामाङलाई सोमबार वडा प्रहरी कार्यालय रामबजारबाट सटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।तामाङ २०७० साल माघ १२ गते कारागारबाट भागी फरार रहेका थिए । कास्कीको मादी गाउँपालिका वडा नं. ७ घर भई हाल पोखरा १३ बाझपाटन बस्ने ३२ बर्षिय तामाङलाई लुकीछिपी बसेको अवस्थामा पोखरा १३ कै दुई कुलाको मुहानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव निरिक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि कारागार कार्यालय कास्कीमा बुझाइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको चरम दोहन र…






