तमु धिं युवा समिति द्वारा ५६ पिन्ट रक्त संकलन


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०८३ मा प्रकाशित




तमु धिं नेपालको ४१औं स्थापना दिवस‌को अवसरमा तमु धिं नेपाल केन्द्रिय युवा समितिद्वारा आयोजित रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन।

रक्तदान जीवनदान नाराका साथ पोखरा ९, महेन्द्र‌पुलमा आयोजित रक्तदान कार्यक्रमका प्रमुख अतिथी गुरुड ब्युटि पार्लर एण्ड एकेडेमीकी संचालक, वरिष्ठ ब्युटिसियन, तमु धिं नेपालकी केन्द्रीय सदस्य चिनु गुरु‌ले प्रथम रक्तदाता तमु धिं कास्कीका अध्यक्ष प्रेमबहादुर गुरु‌ङ्गलाई ब्लड‌ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो I प्रमुख अतिथि गुरुङले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु हुदै अत्यन्तै गर्बिलो संख्या तमु धिं नेपाल स्थापनाको अवसरमा युवा समितिले उदाहरणीय मानवीय सेवाको कार्यक्रम गरेकोमा प्रसंशा गर्नुभयो । युवाको क्रियाशिलताले नै समाज अग्रगतिमा लाग्ने भएकाले युवाहरु सकृय रहनु पर्ने बताउनु भयो ।

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमवहादुर गुरुङले शुभकामना व्यक्त गर्नु हुदै तमु युवा हरु मानवीय र सामाजिक विकासका साथै नेपालमै केही गरौं भन्ने भावनाका साथ अघि बढ्नुपर्ने वताउनु भयो ।

रक्त संचार सेवा केन्द्र गण्डकी प्रदेश कार्यालय नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधीक सह‌योग रहेको कार्यक्रममा गुरुङ गहना घर लगायत विभिन्न सहयोगीहरुको सहयोग रहेको थियो । तमु धिं नेपाल केन्द्रिय युवा समितिका अध्यक्ष रमेश गुरु‌ङ्‌को अध्यक्षता, उपाध्यक्ष सुदर्शन गुरुङको स्वागत र सचिव रामप्रसाद गुरुङको संचालनमा कार्यक्रम भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।