पोखरा महानगरपालिका वडा नं. १६ को गर्लाङमा रहेका सरकारी विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गरिएको छ ।
पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले एक कार्यक्रमको आयोजना गरी त्यस क्षेत्रका तीनवटा विद्यालयका विपन्न तर जेहेन्दार २५ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गरिएको क्लवले जनाएको छ । सो सामाग्री वडा सदस्य राजकुमारी बानियाँ,क्लवका मानार्थ सदस्य बेनीबहादुर बस्नेत, सल्लाहकार दुर्गा केसी थापा र क्लवका पुर्व अध्यक्ष सुशील बस्नेतले हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष मोहनबहादुर थापाले विपन्नता कै कारण कुनै पनि बालबालिका शिक्षाको अवसरबाट बञ्चित हुन नहुने बताए । उनले संस्थाले गरेका कार्यहरुको जानकारी गराउँदै, सहयोगले विद्यार्थीको मनोबल बढाउने अपेक्षा गरे ।
सो अवसरमा पुर्व अध्यक्ष गंगाबहादुर बस्नेत, झुर्पाङकोट आधारभुत विद्यालयका शिक्षक आकृति परियारलगायतले क्लवले सामाजिकसहित शिक्षा र स्वास्थ्यका क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे । संयोजक क्लवका सदस्य रामशरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहसचिव मनु बस्नेतले गरेकी थिईन् । त्यहाँका झुर्पाङकोट आधारभुत विद्यालय, शान्ति मावि र ज्ञानज्योति माविका विद्यार्थीलाई करिब ३० हजार बराबरको सामाग्री वितरण गरिएको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ ९ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट मजदुर संगठनले दुईतले…







