पोखराको लामाचौरमा रहेको श्री अकलादेवी मन्दिर धार्मिक क्षेत्र विकास समितिको अध्यक्षमा ऋषिराम गौतम चयन भएका छन् ।
समितिको पाँचौं वार्षिक साधारण सभा तथा अधिवेशनले गौतमको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सविन जि सी, द्वितीय उपाध्यक्षमा खिमलाल गौतम, सचिवमा हरिबहादुर बरुवाल, कोषाध्यक्षमा भवानी प्रसाद गौतम, सहसचिवमा मनमाया परियार तथा सहकोषाध्यक्षमा कोमलप्रसाद काफ्ले सर्वसम्मत रूपमा चयन भए । सदस्यमा बिन्दु गौतम, हरिप्रसाद पौडेल, रामप्रसाद श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, कमला कार्की , टंकनाथ आचार्य रहेका छन् । तृतीय उपाध्यक्ष पछि चयन गरिने समितिले जनाएको छ । एकजना जन प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था गरिएको छ।नवनिर्वाचित समितिलाई वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, पूर्व वडाध्यक्ष शोभामोहन पौडेल र समितिका अध्यक्ष बाबुराम गौतमले सपथ गराएका थिए ।
नवनिर्वाचित अध्यक्ष गौतमले धार्मिक क्षेत्रको संरक्षण, विकास तथा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै, यस क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउने प्रतिबद्धता जनाए । यसअघि अधिवेशनको उद्घाटन गर्दै पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले अकला देवी यस क्षेत्रको प्रमुख धार्मिक स्थल रहेको बताउँदै, यस क्षेत्रको वृहत्तर विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उनले सामाजिक कार्यमा राजनितिले प्रवेश पाउन नहुने भन्दै, पवित्र मनले गरिने सेवानै उत्कृष्ट हुने स्पष्ट पारे । पुर्व वडाध्यक्ष शोभामोहन पौडेलले सम्पन्न कार्यको संरक्षण र व्यवस्थापन गर्दै, जारी रहेका कामलाई निरन्तरता दिनुपर्ने र त्यसका लागि नागरिकको सहयोग आवश्यक पर्ने बताए । समितिका अध्यक्ष बाबुराम गौतमले आफ्नो कार्यकालमा मन्दिर विकासका लागि थुप्रै कामहरु गरेको भन्दै, बाँकी योजना पुरा गर्न नयाँ समितिसँग सहकार्य गर्ने बताए ।

कार्यक्रममा मन्दिरको विकासमा योगदान पुर्याउने धनञ्जय पौडेल, जग्गादाता रुपलाल गौतमसहितका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । समितिका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नरबहादुर गुरुङ र संचालन सचिव रामचन्द्र आचार्यले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजना भएको दोस्रो गण्डकी लोकताराको उपाधि स्याङ्जाकी बत्तीकुमारी थापाले जितेकी छन्…







