९४ केजी तौल समूहमा कास्कीका कुशलले जिते काश्य पदक


     एभरेस्ट आवाज    
     जेठ १३ गते २०८३ मा प्रकाशित




पोखरा, जेठ १३

कास्कीका कुशल गुरुङले ९४ केजी सिनियर तौल समूहमा काश्य पदक जितेका छन् । सप्तरीको राजविराजमा बुधबार आयोजित प्रथम खुल्ला युथ, जुनियर तथा सिनियर महिला तथा पुरुष भारत्तोलन च्याम्पीयनसीमा पोखराका गुरुङले नेपाली सेनाको खेलाडीलाई पछि पार्दै कास्य पदक जित्न सफल भएका हुन्। गुरुङले स्न्याचतर्फ ९७ केजी र क्लिन एण्ड जर्कतर्फ १३० केजी गरेर कुल २२७ केजी भार उठाउँदै काश्य पदक सुरक्षित गरे ।

सो प्रतियोगितामा कास्कीकै सायोन गुरुङले युथ ७१ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन्। १४ वर्ष मुनिको सो स्पर्धामा उनले स्न्याचतर्फ ५८ केजी र क्लिन एण्ड जर्कतर्फ ७५ केजी गरि कुल १३३ केजी भार उठाउँदै स्वर्ण पदक जितेकी हुन् ।

अर्को १७ वर्ष मुनिको जुनियर समूहतर्फ ७७ केजी तौल समूहमा कास्कीकै सरस्वती गुरुङले राष्ट्रिय कीर्तिमान कायमसहित स्वर्ण पदक जितेकी छन् । उनले स्न्याचतर्फ ६३ केजी र क्लिन एण्ड जर्कतर्फ ७९ केजीसहित कुल १४२ केजी तौल उठाउँदै स्वर्ण पदक जितेकी हुन् ।

कास्कीकै सुजाता गुरुङले ६३ केजी जुनियर तौल समूहमा रजत पदक जितेकी छन्। उनले स्न्याचतर्फ ३५ केजी र क्लिन एण्ड जर्कतर्फ ५१ केजीसहित कुल ८६ केजी तौल उठाउँदै स्वर्ण पदक जितेकी हुन् ।

प्रतियोगितामा विभिन्न जिल्ला तथा विभागीय टोलीहरू नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफसहित अन्य खेलाडीहरुको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।