निर्वाचन व्यवस्थापनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन सबै पक्षको भूमिका आवश्यक रहेकोमा जोड दिइएको छ ।
निर्वाचन आयोग नेपालको आयोजना तथा यूएनडिपीको सहयोगमा पोखरामा सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी निर्वाचन समीक्षा कार्यशाला गोष्ठीमा निर्वाचन आयुक्त सगुन शमशेर जबराले सम्पन्न निर्वाचनको समीक्षा आगामी निर्वाचन सुधारका लागि उपयोगी हुने बताए ।
उनले राजनीतिक घटनाक्रमपछि निर्वाचनको वातावरण निर्माण गर्न आयोगले सरकार र राजनीतिक दलबीच समन्वय र संवादलाई प्राथमिकता दिएको उल्लेख गरे । आयोगको स्पष्ट निर्देशन, कर्मचारीको सक्रियता तथा सरकारको सहयोगका कारण निर्वाचन निष्पक्ष, भयरहित र विश्वसनीय रूपमा सम्पन्न भएको उनको भनाइ थियो ।
आगामी फागुन तथा वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई व्यवस्थित बनाउन अहिलेको समीक्षा महत्वपूर्ण हुने उनले बताए ।
कास्की जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण प्रक्रिया भएको उल्लेख गर्दै नागरिक र सरोकारवालाको सहभागिताले निर्वाचनप्रति विश्वास बढाएको बताए ।
निर्वाचन आयोगका सहसचिव राजेन्द्रकुमार केसीले समीक्षा तथा छलफलबाट आएका सुझाव आगामी निर्वाचन तयारीका लागि उपयोग गरिने जानकारी दिए ।
कास्कीकी प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले चुनौतीपूर्ण परिस्थितिमा पनि निर्वाचन शान्तिपूर्ण र स्वच्छ रूपमा सम्पन्न हुनु सकारात्मक पक्ष भएको बताइन् । उनले प्रविधिको प्रयोग, दक्ष जनशक्ति तथा राजनीतिक दल र नागरिकको सहयोग निर्वाचन सफलताको आधार बनेको उल्लेख गरिन् ।
कार्यक्रममा निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसालले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी समीक्षात्मक प्रस्तुति राखेका थिए ।
कार्यशालामा निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा, तालिम, समावेशिता, निर्वाचन कानून, आचारसंहिता, समन्वय तथा निर्वाचन प्रविधिसम्बन्धी विषयमा समूहगत छलफल गरिएको थियो ।
प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले सञ्चालन गरेको कार्यक्रममा राजनीतिक दल, सुरक्षा निकाय, निर्वाचन अधिकारी, मतदान अधिकृत, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







