पोखरामा मनसुन अगावै जमिन भाँसियो


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८३ मा प्रकाशित




मनसुन सुरु नहुँदै पोखराका विभिन्न स्थानमा जमिन भासिन थालेको छ ।

शुक्रबार बिहान पोखरा महानगरपालिका–३, नदीपुरस्थित बाल मन्दिर स्कुलको गेट अगाडी मुख्य सडकसँगै एउटा घरको आँगन र केही भाग भाँसिएको छ । बिहानको समयमा अचानक जमिन भासिएर करिब १० मिटर जति भ्वाङ परेको छ । त्यस क्षेत्रमा पोखराका लगि खानेपानी वितरणका लागि बिछ्याएको पाइप समेत फुटेकाले अझै खतरा बढेको स्थानीयको भनाइ छ । सो क्षत्रमा पटक–पटक जमिन भासिँदा स्थानीय चिन्तित बनेका छन् ।मुख्य सडक मै भ्वाङ परेपछि सवारी आवागमनको लागि बैकल्पिक बाटो अपनाईएको छ ।

जमिन भासिएको क्षेत्रको अवलोकन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले थप क्षति हुने र विपद् जोखिम बढ्न सक्ने तर्फ सचेत गराएकी छन् । उनले आवश्यकताअनुसार प्राविधिकसँग सल्लाह गरी उक्त क्षेत्रलाई सुरक्षित बनाउन वडाका जनप्रतिनिधिहरूलाई सुझाव दिएकी छन् ।स्थानीयका अनुसार हिजो मात्रै सडकलाई मजबुत बनाउने उद्देश्यले एक्साभेटर, भाइब्रेटर लगायतका उपकरण प्रयोग गरी काम भइरहेको थियो।

सोही क्रममा जमिनमुनि रहेको खानेपानीको पाइप फुटेर पानी बगेपछि सडक भासिएको हुन सक्ने अनुमान गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।