नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ ।
आउने स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर एमालेले ‘पार्टी जागरण अभियान’ पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकेको हो ।यही जेठ ११ गते सम्पन्न एमालेको सचिवालयको बैठकले कार्यविभाजनको प्रस्तावलाई अन्तिम रुप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई अधिकार दिएको थियो । अध्यक्ष ओलीले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै यो अभियान घोषणा र पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्यविभाजन पठाउनुभएको हो । कार्यविभाजनमा जिल्ला इञ्चार्ज र जनसङ्गठनका इञ्चार्ज पनि तोकिएको छ ।
कार्यविभाजनअनुसार अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले पार्टीको सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ । उपाध्यक्ष र उपमहासचिवहरुलाई पार्टीका विभाग तथा फाँटहरुको संयोजनको जिम्मेवारी दिइएको छ । नौमध्ये छ सचिवलाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । कोशीका लागि सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वययंसेवा विभागको प्रमुख, सचिव पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र सचिव भानुभक्त ढकाललाई सङ्गठन विभाग प्रमुख तोकिएको पार्टी कार्यालयले जनाएको छ ।
अन्य सचिवहरू छविलाल विश्वकर्मालाई इञ्चार्ज लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी इञ्चार्ज, यमलाल कँडेललाई कर्णाली इञ्चार्ज, शेरधन राईलाई कोशी इञ्चार्ज, डा राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इञ्चार्ज र महेश बस्नेतलाई बागमती प्रदेश इञ्चार्ज तोकिएको छ ।कास्की ईञ्चार्जको जिम्मेवारी नेता जगत विश्वकर्माले पाएका छन् । कार्यविभाजनअनुसार एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुखमा निरज आचार्यलाई तोकिएको छ । महानगर र उपमहानगरमा भने वडामा समेत केन्द्रबाटै इन्चार्ज तोकेर नेताहरु पठाइएको छ ।कास्कीका ५ पालिका र वडाहरुमा समेत नेताहरुलाई खटाईएकोछ । जसमा पोखरा महानगरपालिकामा चुडामणि जंगली, बालसिं काउछा,रश्मी आचार्य, प्रभा कोईराला,राजीव पहारी, देवका पहारी,मञ्जु गुरुङ, भीम कार्की र दीलिप न्यौपाने छन् । त्यस्तै मादी गाउँपालिकामा बैनबहादुर अधिकारी क्षेत्री, रुपामा नवराज ओझा,माछापुच्छ्रेमा राजिव पहारी र अन्नपुर्णमा दामोदर बैरागीलाई जिम्मेवारी तोकिएको जारी अपानीमा उल्लेख गरिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


धनबहादुर गुरुङ सांगीतिक साँझमा सवैभन्दा बढी रकम संकलन गर्ने गौरी गुरुङलाई नगद…







