कास्कीको माछापुच्छ्रे गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा २०८२ मा सामुदायिक विद्यालयतर्फबाट पहिलो पटक चार जिपिए ल्याउने छात्रालाई नगदसहित सम्मान गरेको छ ।
गाउँपालिकाले शुक्रबार आयोजना गरेको कार्यक्रममा सार्दिखोलास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयकी छात्रा शोभा गौतमलाई रु ५० हजार नगद र सम्मानपत्र प्रदान गरेको हो । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये पहिलो पटक चार जिपिए ल्याउने विद्यार्थीका रूपमा गौतमले यो सफलता हासिल गरेकी हुन् । गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ र प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले उनलाई संयुक्त रूपमा सम्मान गरे ।
सम्मानपछि छात्रा गौतमले आफ्नो सफलतामा व्यक्तिगत मेहनत, शिक्षकहरूको मार्गदर्शन, परिवारको साथ तथा गाउँपालिकाको प्रोत्साहनको महत्वपूर्ण भूमिका रहेको बताईन् । निरन्तर परिश्रम, अनुशासन र सकारात्मक वातावरणले सफलता सम्भव हुन्छ भन्ने अनुभव प्राप्त गरेको उनको भनाइ थियो । गाउँपालिकाका अध्यक्ष गुरुङले गाउँपालिकाबाट एसइइमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आगामी वर्षहरूमा पनि नगदसहित सम्मान गर्ने बताए ।
गणतन्त्र दिवसकै अवसरमा सोही विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्य गण्डकी प्रदेश सरकारबाट सम्मानित भएका छन् । प्रदेशमा रही शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै, सरकारले उनीसहित बिभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


धनबहादुर गुरुङ सांगीतिक साँझमा सवैभन्दा बढी रकम संकलन गर्ने गौरी गुरुङलाई नगद…







