पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी सभापतिमा निर्वाचित भएका छन्। शनिबार पोखरामा सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
यातायात व्यवसायमा आबद्ध केसी सभापति पदमा निर्विरोध चयन भएका हुन्। अधिवेशनले उपसभापतिमा संगीता गौतम, सचिवमा कमल वानियाँ र सहसचिवमा सरिता शर्मा सहित २५ सदस्यीय कार्यसमिति गठन गरेको छ।
अधिवेशन उद्घाटन गर्दै पर्यटनमन्त्री गनेस पौडेलले पार्टीलाई जनताका मुद्दासँग जोडेर अघि बढाउनुपर्ने बताए। कार्यक्रममा सांसद उत्तम पौडेलले सुकुम्बासी बस्ती व्यवस्थापन र त्यसको दीगो सञ्चालनमा ध्यान दिनुपर्ने धारणा राखे।
नवनिर्वाचित कार्यसमितिले संगठन विस्तार, जनसरोकारका विषयमा सक्रियता र स्थानीय तहका मुद्दामा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ। आगामी पाँच वर्षमा पोखरा महानगरभित्र पार्टीका गतिविधिलाई व्यवस्थित गर्दै जनतासँगको सम्बन्ध थप सुदृढ बनाउने योजना रहेको रास्वपाले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी सभापतिमा निर्वाचित…







