कास्कीका सिडिओको धनकुटा सरुवा, कास्कीमा कुमानसिंह


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०८३ मा प्रकाशित




कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सरुवा भएको छ ।

शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णयबाट १५ जिल्लाका सीडीओ परिवर्तन गरिएको छ । सो निर्णय अनुसार शर्मा जिल्ला प्रशासन कार्यालय, धनकुटामा सरुवा भएकी छन् । कास्कीको प्रमुख जिल्ला अधिकारीका रुपमा कुमान सिंह गुरुङ आउने भएका छन् । गृह मन्त्रालयमा सहसचिव रहेका गुरुङको कास्कीमा पदस्थापन भएको मन्त्रालयले जनाएको छ । त्यस्तै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको पनि जिल्ला प्रशासन कार्यालय, संखुवासभामा सरुवा भएको छ । अर्यालको ठाँउमा गृह मन्त्रालयका सहसचिव निराजन घिमिरे आउने भएका छन् ।

निर्णयअनुसार गृह मन्त्रालयअन्तर्गत कार्यरत अन्य सहसचिवहरू लक्ष्मी पाण्डे गौतमलाई धादिङ र बलराम निरौलालाई भैरहवास्थित अध्यागमन कार्यालयमा सरुवा गरिएको छ। मन्त्रालय अन्तर्गतका पाँच महाशाखा र विभागमा पनि सहसचिव परिवर्तन भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।