पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि आइतबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो । शनिबार विज्ञान संकायमा भर्ना भएका विद्यार्थीका लागि स्वागत कार्यक्रम राखेको प्रतिभाले आइतबार व्यवस्थापन र होटल व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिल, विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल लगायतले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि ओडुभिलले जिन्दगीमा सुखदुख धेरै हुने भएपनि प्रगतिशिल हुन विद्यार्थीलाई सुझाए । उनले विद्यार्थीलाई सकारात्मक सोँच राख्न पनि सुझाव दिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीले देखेको सपना पुरा गर्नका लागि विद्यालय सदैंव तयार रहेको बताए । विद्यार्थीले आफुले आफुमा भएको क्षमता पहिचान गर्न नसक्दा कहिलेकाँही समस्या हुने गरेको प्राचार्य सापकोटाले बताए । प्राचार्य आचार्यले आफ्नो जात, धर्म, आर्थिक अवस्था, सामाजिक हिसाबले प्रगतिको सपना देख्नबाट नरोकिन विद्यार्थीलाई सुझाव दिए ।
व्यवस्थापन विषय आफैमा अब्बल रहेको भन्दै प्राचार्य सापकोटाले विश्वमा अहिले यति धेरै प्रतिश्पर्धा छ की जागिर खाने होईन, अब जागिर दिने व्यक्ति बन्नुपर्ने बताए ।उनले प्रतिभा माविले विद्यार्थीलाई संस्कार सहितको शिक्षा दिने बताए ।
कार्यक्रममा विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत भलिवल खेल क्षेत्रमा विशेष योगदान गरेको भन्दै म्याग्दी जिल्ला भलिवल संघलाई २५ हजार रुपैयाँ सहित सम्मान गरेको थियो । प्रतिभा माविमा भलिवल खेलको जग बसालेका र हाल म्याग्दी जिल्ला भलिवल संघका अध्यक्ष समेत रहेका तेजेन्द्र बानियाँ र संघका सदस्य तथा प्रतिभा माविका भलिवल प्रशिक्षक कुमार किसानलाई उक्त अवसरमा सम्मान गरियो । प्रतिभा संचालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीले मेहनत गरेर अध्ययन गरेको खण्डमा त्यसको परिणाम पनि उत्कृष्ट नै आउने बताए । कार्यक्रममा चर्चित गायक प्रकाश दुतराज र उनको नयाँ ब्याण्डले गीत प्रस्तुत गरेका थिए । त्यसैगरि विद्यार्थीले पनि प्रस्तुती राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि संघीय संसद्मा…







