पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले पोखरा–६, लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्सलाई खाद्य स्तरीकरण प्रमाण–पत्र प्रदान गरेको छ। उक्त होटलले प्रमाणपत्रको ‘अति उत्तम’ श्रेणी प्राप्त गरेको हो, जसले खाद्य स्वच्छता, सेवा गुणस्तर, भण्डारण व्यवस्था तथा समग्र सञ्चालन मापदण्डहरू उत्कृष्ट रहेको पुष्टि गर्छ। कार्यालयका अनुसार नियमित गहन निरीक्षणपछि यो श्रेणी निर्धारण गरिएको हो।
यो प्रमाण–पत्र होटलको खाद्य सुरक्षा, स्वच्छता र व्यवस्थापनको उच्च मापदण्डको औपचारिक मान्यता हो। ‘अति उत्तम’ श्रेणी प्राप्त हुनुले खाद्य स्वच्छताको ग्यारेन्टी गरेको र खाद्यजन्य रोगको जोखिम न्यूनीकरण गरि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता दर्शाउँने होटल संचालक सुनिलबहादुर भट्टराईले बताउनु भयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले यस प्रकारका नियमित अनुगमन तथा स्तरीकरण कार्यक्रमहरू मार्फत खाद्य व्यवसायीहरूलाई गुणस्तर सुधार गर्न प्रोत्साहन गर्दै सार्वजनिक स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने उद्देश्य राखेको जनाएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,असार २पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउन शुरु गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक…







