१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज अधिकारीसहितको समूहले पोखरामा भारतीय टायल्स तथा मार्बल ब्रान्ड निट्कोको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
पोखरा महानगरपालिका–५ स्थित जिरो किलोमिटर नजिक पोखरा–बाग्लुङ राजमार्गमा सञ्चालनमा आएको उक्त शोरुम करिब ४ करोड ५० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको हो।
शोरुम सञ्चालनमा ल्याउने संस्था ओमलक्ष्मी ट्रेडिङका सञ्चालक मनोज अधिकारीका अनुसार आफूहरू विगत ११ वर्षदेखि निर्माण सामग्री व्यवसायमा आबद्ध रहेका छन्। अधिकारीसँगै एकनारायण सुबेदी र डिल्लीराम पौडेलको साझेदारीमा सञ्चालित ओमलक्ष्मी ट्रेडिङले निट्कोको आधिकारिक बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो।

भारतको प्रतिष्ठित तथा पुरानो टायल्स एवं मार्बल उत्पादक कम्पनी निट्कोका महाप्रबन्धक धर्मेन्द्र कुमार ठाकुरका अनुसार भारतभर कम्पनीका ३८० भन्दा बढी बिक्री केन्द्र रहेका छन्। नेपालमा भने काठमाडौंपछि पोखरामा दोस्रो शोरुम सञ्चालनमा आएको हो।
बुधबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले शोरुमको उद्घाटन गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले निट्कोका उत्पादन गुणस्तरीय, टिकाउ तथा विश्वसनीय रहेको जानकारी प्राप्त भएको उल्लेख गरे। उनले पोखरामा व्यवसाय विस्तारका लागि उपयुक्त साझेदार छनोट गरी कम्पनीले सकारात्मक सुरुवात गरेको बताए।
कार्यक्रममा बोल्दै निट्कोका महाप्रबन्धक ठाकुरले कम्पनीले विगत सात दशकदेखि गुणस्तरीय टायल्स र मार्बल उत्पादन तथा बिक्री गर्दै आएको जानकारी दिए। नेपालमा हाल दुईवटा मात्र बिक्री केन्द्र सञ्चालनमा रहे पनि आगामी दिनमा अन्य शहरहरूमा समेत विस्तार गर्ने योजना रहेको उनले बताए।
कार्यक्रममा निट्को टायल्सका एरिया म्यानेजर उत्तम रिमाल, पोखरा हार्डवेयर एसोसिएसनका पूर्व अध्यक्ष तथा सल्लाहकार रामचन्द्र थापा, ओमलक्ष्मी इन्टरप्राइजेजका सञ्चालक एकनारायण सुबेदी, डिल्लीराम पौडेल, मनोज अधिकारी तथा अञ्जना गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज…






