पोखरा । नयाँ सडक सुधार समितिको वार्षिक कार्यक्रम अन्तर्गत आज नयाँ सडक क्षेत्रको डिभाइडरमा १०१ वटा बेगमवली फूलका बिरुवा रोप्ने कार्य सम्पन्न गरिएको छ।
नयाँ सडक सुधार समितिका कार्यकारी समिति सदस्य श्री रमेश बाटाजूको संयोजकत्वमा सम्पन्न कार्यक्रम समितिका अध्यक्ष श्री मनोहर श्रेष्ठको सभाध्यक्षता तथा संस्थापक अध्यक्ष क्याप्टेन डम्बर बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा समितिका उपाध्यक्ष श्री ओम उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्दै नयाँ सडकलाई थप सौन्दर्यकरण गर्न सम्पूर्ण डिभाइडर क्षेत्रमा बेगमवली फूलका बिरुवा रोप्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै उहाँले आफ्नो व्यक्तिगत तर्फबाट समेत थप १०० वटा बिरुवा रोप्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रमुख अतिथि क्याप्टेन डम्बर बहादुर गुरुङले मन्तव्यका क्रममा वृक्षारोपणको धार्मिक, सामाजिक तथा वातावरणीय महत्वबारे चर्चा गर्दै संस्कृत श्लोक वाचन गर्नुभयो:
“सदा सम्मति भवति
सदा दान प्रयच्छति ।
सदा यज्ञ सजयते
यो रोपयति पादपम् ।”
उहाँले उक्त श्लोकको भावार्थ प्रस्तुत गर्दै एउटा मात्र रुख रोपे पनि त्यस स्थानलाई पवित्र बनाउने, साथै यज्ञ तथा दानकर्मसरह पुण्य प्राप्त हुने उल्लेख गर्नुभयो। “ॐ धर्मो रक्षति रक्षितः” भन्दै उहाँले नयाँ सडक सुधारका लागि आफू सधैं तन, मन र धनले समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा समितिका अध्यक्ष श्री मनोहर श्रेष्ठले नयाँ सडकलाई थप सुन्दर, व्यवस्थित र नमूना क्षेत्रका रूपमा विकास गर्न सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले वृक्षारोपण मात्र पर्याप्त नभई बिरुवाको संरक्षण, संवर्द्धन र नियमित हेरचाहमा समेत विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
समितिका सचिव श्री कृष्ण मर्सानीले सञ्चालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा रोपिएका फूलका बिरुवा नयाँ सडकस्थित साउण्ड एण्ड भिजनले प्रायोजन गरेको समितिले जनाएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


डिभिजन वन कार्यालय, तनहुँले यहाँका स्थानीयलाई विभिन्न २८ प्रजातिका बिरुवा निःशुल्क लिन…






