पहिरोका कारण घान्द्रुकका तीनवटा होटलमा क्षति


     एभरेस्ट आवाज    
     असार २५ गते २०८३ मा प्रकाशित




लगातारको वर्षाछि आएको पहिरोमा परी कास्कीको घान्द्रुकमा तीनवटा होटलमाथि नै पहिरो खसेको छ ।

गएराती आएको पहिरोले घान्द्रुकको वनठाँटीमा रहेका ३ वटा होटलमा क्षति पुर्याएको अन्नपुर्ण गाउँपालिका वडा नं. ११ का वडासदस्य जगनबहादुर गुरुङले जानकारी दिए। पहिरो राती सवा ९ बजेतिर खसेको थियो । त्यहाँ रहेका ४ मध्ये ३ वटा होटलमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको बताईएको छ । पहिरोले होटल सनराइज, होटल शंकर र गुरुङ होटलमा क्षति भएको हो।हङ्ग्री आई होटलमा भने क्षति भएको छैन। सनराइज होटलमा ७५ प्रतिशत क्षति पुगेको छ भने होटल शंकरको ३५ र गुरुङ होटलमा सामान्य क्षति पुगेको वडा सदस्य गुरुङले जानकारी दिए।

पहिरोका कारण त्यहाँका सबैजसो होटल जोखिममा परेका छन् ।वर्षा र पहिरोका कारण सडकसमेत बिग्रिएको छ । यो क्षेत्र अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने भएकाले पनि पर्यटकको चाप हुने क्षेत्र हो । तर अहिले अफ सिजन परेकाले पर्यटकको चहलपहल नभएको स्थानीयले बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।