पोउवा संघको ३६ औं महाधिवेशन भदौ तेस्रो साता

- नयाँ नेतृत्व चयन हुने


     एभरेस्ट आवाज    
     असार २५ गते २०८३ मा प्रकाशित




पोखरा, २५ असार । पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक अधिवेशन आउँदो भदौको २० र २१ गते हुने भएको छ ।
पोखरा उद्योग वाणिज्य संघको बिहीबार बसेको ३० औं कार्यसमिति बैठकले सो निर्णय गरेको हो । बैठकमा संघका अध्यक्ष तथा हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका गोकर्ण कार्कीले भदौको तेस्रो साता महाविधेशनको प्रस्ताव गरेका थिए । अध्यक्ष कार्कीको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको महासचिव शोभा गौतमले जानकारी दिइन ।
पोखराको निजी क्षेत्रको छाता संस्था तथा जेठो सामाजिक संस्थाको यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार महाधिवेशनले अध्यक्ष,वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ उपाध्यक्ष,कोषाध्यक्ष र उपमहासचिवसहित १५ जना सदस्य चयन गर्नेछ । सदस्यमध्ये १ औद्योगिक,४ बस्तुगत र १० जना सदस्य खुलातर्फबाट निर्वाचित हुनेछन् । कार्यसमितिमा निवर्तमान अध्यक्षको स्थान अध्यक्षपछि रहने व्यवस्था छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।