आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका काठमाडौँको बुद्धनगरका व्यवसायी आश्विन राउतको मृत्यु भएको छ।
व्यवसायी राउतको शनिबार अपराह्न वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। राउतको शरीरमा ६० प्रतिशत जलन भएको थियो। शनिबार बिहान आफ्नै घरमा ४५ वर्षीय राउतले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले जलेर घाइते भएका राउतलाई प्रहरीले वीर अस्पताल पुर्याएको थियो। पारिवारिक विवादका कारण व्यवसायी राउतले आफ्नै शरीरमा आगो लगाएको देखिएको प्रहरीको भनाइ छ।
पछिल्लो तीन दिनमा तीन जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।त्यस मध्ये २ जनाको निधन भएको छ भने सर्लाहीका विवेक मण्डलको उपचार जारी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । वैदिक सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार तथा राष्ट्रिय धार्मिक…







