आन्तरिक राजश्व कार्यालयमा पुनः ठडियो कर सहायता कक्ष


     एभरेस्ट आवाज    
     श्रावण १ गते २०८३ मा प्रकाशित




 
पोखरा,१ साउन ।

आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी)
कक्षको शुक्रबार प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कुममानसिंह गुरुङले सो कक्षको उद्घाटन गरे । सो कक्ष उद्घाटनमा नेपालस्थित जर्मन राजदूतावासका हेड बेञ्जामिन साइडर तथा जीआइजेड नेपालकाको तर्फबाट मेन्दी राजा रिज्वी, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिवसाद ढुंगाना र जिआइजेडका वित्तीय सल्लाहकार नविनलाल श्रेष्ठ पनि सहभागी थिए ।
सो अवसरमा बोल्दै  प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला  अधिकारी गुरुङले करदाता सहायता कक्षले नागरिकलाई सहज तरिकाले कर तिर्ने वातावरण सिर्जना गर्ने बताए ।
२०८१ सालमै त्यहाँ कर सहायता कक्ष स्थापना गरिएको थियो । तर, जेनजी आन्दोलनको क्रममा आन्तरिक राजश्ज कार्यालयसँगै सो कक्ष पनि पूर्णरुपमा ध्वस्त भएपछि केही दिन सो कक्षबाट सेवा रोकिएको थियो । लगत्तै पोखरा उद्योग वाणिज्य संघले अस्थायी तवरले नै त्यहाँ कर सहायता कक्ष संचालन गरेकोमा जीआइजेडको सहयोगमा अहिले पहिलेकोभन्दा पनि सुव्यवस्थित कक्ष संचालनमा ल्याइएको हो । स्वागत मन्तव्यको क्रममा कार्यक्रम तथा संघका अध्यक्ष गोकर्ण कार्कीले स्वागत मन्तव्यको क्रममा १२३ दिन चलेपछि कर सहाययता कक्षमा आगजनी भएको सम्झँदै ती निर्जीव सामान जलाएर कसैलाई फाइदा नभएको बरु नागरिकले दुःख पाएको स्मरण गरे ।
अध्यक्ष कार्कीका अनुसार कक्षमा ५ वटा कम्प्युटर, प्रिन्टर, डिस्प्ले बोर्डलगायत सामग्रीसहित संघले एकजना कर्मचारीको व्यवस्था गरेको छ । ती कर्मचारीमार्फत करदाताहरुलाई दर्ता, नवीकरण, करचुक्ता, कर शिक्षा–परामर्श लगायतका सेवा दिइनेछ ।
कार्यक्रममा बोल्दै नेपालस्थित जर्मन राजदूतावासका हेड बेञ्जामिन साइडरले कर संकलन देश निर्माणको लागि महत्वपूर्ण रहेको र कर तिर्नु नागरिकको दायित्व भएको बताए ।  कर प्रशासन नागरिक मैत्री हुनुपर्ने बताउँदै उनले कर सहायता कक्ष निर्माणलाई दातृ संस्था,सरकार,निजी क्षेत्र र नागरिक समाजको सहकार्यको रुपमा अथ्र्याए ।
जीआइजेड प्रतिनिधि मेन्दी राजा रिज्वीले कर सहायता कक्षसँगै जिआइजेडले कर शिक्षा कार्यक्रममा पनि सहयोग गर्दै आइरहेको बताए ।
 आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिवप्रसाद ढुंगानाले नागरिकको सुविधाजनक रुपमा कर तिर्न पाउने अधिकारका लागि सो कक्ष स्थापना भएको बताए । उनले अहिले विभिन्न क्षेत्रमा कर छुटको घोषणा भएको बताउँदै त्यसको फाइदा लिन आग्रह पनि गरे ।
 पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमका अनुसार कर सहायता कक्षमा बसेर करदाताले आफूलाई चाहिने फाइलहरु अनलाइन खोज्न,चाहिएको कागज प्रिन्ट गर्न वा आफ्नो कर विवरण भर्न सक्नेछन् । 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।